सडक यात्रु कम हवाई यात्रु बढे



हाम्रो इकोनोमि

बुटवल । गौतमबुद्ध विमानस्थलबाट राजधानी काठमाडाँै आवत जावत गर्ने हवाई यात्रुको चाप निक्कै बढेको छ ।

नारायणगढ–मुग्लिङ सडकखण्डको यात्रा जोखिम र गन्तव्यसम्म पुग्न घण्टाँै लाग्ने भएकाले अहिले हवाई उडान राम्रो विकल्प बन्न थालेको हो । हवाई यात्रु बढ्न थालेपछि विमानसेवा कम्पनीमा यात्रुको चाप बढिरहेको छ । केही समयअघिसम्म भैरहवा–काठमाडौँ दैनिक ६वटा उडान हुने गरेकामा अहिले दैनिक १२ वटासम्म उडान हुन थालेका छन् ।

सडकमार्गको कारणले गर्दा अहिले हवाई यात्रु बढेका छन् । पहिले बुद्ध एयरको तीनवटा उडान हुने गरेकामा अहिले दैनिक ६ वटासम्म उडान भर्ने गरेको बुद्ध एयर भैरहवाका वरिष्ठ प्रबन्धक तथा स्टेसनका प्रमुख दर्शन घिमिरेले भन्नुभयो ।

नारायणगढ–मुग्लिङ सडकखण्डमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाएपछि हवाई यात्रुको सङ्ख्या अझै बढेको सिम्रिक एयर भैरहवाका प्रमुख मुकेश झाले बताउनुभयो । अहिले हवाई यात्रुको अभाव नरहेको दैनिक एक उडान भर्दै आएको सिम्रिकका भैरहवा प्रमुख झाले बताउनुभयो । हरेक वर्खायाममा हवाई यात्रु बढ्नु स्वाभाविकै हो तर अहिले नारायणगढ–मुग्लिङ सडकखण्डको कारणले गर्दा हवाई यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको बुटवल ट्राभल्सका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले बताउनुभयो ।

यहाँ बुद्ध, यती, सिम्रिक र सौर्य एयरले नियमित उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सको भने उडान नियमित छ्रैन । अन्य एयरलाइन्सको भन्दा हवाई भाडा दर सस्तो रहेको नेपाल एयरलाइन्सले उडान नियमित गर्नुपर्ने माग पर्यटन व्यवसायीको छ । अहिले बुद्धले दैनिक ६, यतीले ४, सिम्रिक र सौर्यले एक–एक उडान गर्दै आएका छन् । नियमित उडान नभएको नेपाल एयरलाइन्सको उडान तालिकामा पनि दैनिक एक उडान छ । यहाँसम्मका लागि अहिले न्यूनतम भाडा दर रु तीन हजार ५०० देखि अधिकतममा रु ६ हजारसम्म छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...