आफुले दुख गरेको काम फत्ते गर्न नपाउदा कसलाई सराप्दै के भने गगनले?



हाम्रो इकोनोमि

केही पूर्वमन्त्रीहरुले अहिलेसम्म पनि गाडी फिर्ता नगरेको चर्चा चलिरहेका बेला एक पूर्वमन्त्रीले भने आफुले सम्हालेको मन्त्रालयको बजेट फ्रिज भएकोमा दुःखेसो पोखेका छन् ।
त्यसरी दुःखेसो पोख्नेमा छन् निर्वतमान स्वास्थ्य मन्त्री गगन थापा । उनले स्वास्थ्य उपकरण किन्न आफुले ल्याएको बजेट फ्रिज भएको भन्दै सबैसामु दुःखेसो पोखेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रीय युवा समितिले प्रकाशन गरेको ‘स्वास्थ्यकर्मी’ नामक स्मारिकाको विमोचनमा पूर्वमन्त्री थापाले स्वास्थ्य क्षेत्रमा पर्याप्त उपकरण होस भनेर आफुले सरकारसँग जुझेर बजेट छुट्टयाएको तर उपकरण नै नकिनी बजेट फ्रिज भएकोमा साह्रै दुःख लागेको बताए ।

सबै सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण पुग्नेगरी बजेटको व्यवस्था गरे’ उनले भने, ‘उपकरण किन्ने प्रक्रिया अगाडी नबढाउँदा बजेट फ्रिज भयो । यो जस्ता दुख लाग्दो कुरा के हुन सक्छ र ?’
‘धेरै मेहनेत र छलफल गरेर करोडौंको बजेट उपकरण किन्न ल्याएका थियौं, किन्ने प्रक्रिया पनि सुरु भइसकेको थियो । तर हामीले छोडेपछि भने कुनै प्रक्रिया अगाडी नबढी त्यो रकम त्यसै फ्रिज भएछ, यसले दुःखी बनाएको छ’ उनले भने, ‘अब बजेट बढाउनेभन्दा पनि भएको बजेटलाई फ्रिज हुन नदिने काम गर्नुपर्छ, यो नै ठूलो बुद्धिमानी हुनेछ ।’
पूर्वमन्त्री थापाले स्वास्थ्यकर्मीहरुका सन्तानलाई स्वास्थ्य शिक्षामा सहुलियत र प्राथमिकता दिनेगरी आफुले केही प्रक्रिया अगाडी बढाएको बताए । उजले आफ्नो कार्यकालमा पेस गरेको सो कार्यलाई पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने आग्रह गरे ।

 

कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ तथा सहित्यकार डा. रामेश कोईराला, स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक, संघका अध्यक्ष रामजी घिमिरे लगायतले स्वास्थ्य क्षेत्रमा सुधार गर्न र पर्याप्त उपकरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...