राष्ट्रपति देखी मन्त्री र कर्मचारी सम्मलाई लाग्ने भो कडा नियम,नमाने कोर्रा बर्साउन कसले गर्यो उर्दी?



अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीहरुलाई नयाँ नियम लागू भएको छ । यो नियम अनुसार अवदेखि राजनीतिज्ञ र सरकारी कर्मचारीहरुले निजी कम्पनीका बिमान चढ्न नपाउने भएका छन् ।

सिंहदरबारमा आज बसेको व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको हो ।

समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउन त्यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ । बैठकमा नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कसांकारले निगमका हवाईजहाज र पाईलटको कमीले गर्दा समस्या भएको बताएका थिए ।

त्यस्तै समिति सदस्यहरुले अव पनि निगमले सेवालाई प्रभावकारी रुपमा अघि नबढाउने हो भने धरासयी हुने टिप्पणी गरे । उनीहरुले अन्तराष्ट्रियका साथै आन्तरिक उडानमा पनि निगमको बिमानमा उडानको समस्या रहेको आरोप लगाएका थिए ।

यसअघि बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले भारतमा पनि सरकारी कर्मचारीलाई इण्डियन एयरलायन्स मात्रै प्रयोग गर्ने अनुमति रहेको बताउँदै नेपालमा पनि त्यस्तै व्यवस्थाका लागि समितिले निर्देशन दिनुपर्ने धारणा राखेको नेपाली हेडलाइन्सले उल्लेख गरेको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि मन्त्री, सांसद र कर्मचारीले नेपाल वायु सेवा निगमको जहाज उड्ने गन्तव्यहरुमा नीजि कम्पनीका जहाज चढ्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय