अयोधीले दिए यस्तो मन्त्र,राजपा खुसीले गद्-गद्,एमालेले पनि दियो ग्रीनसिग्नल



हाम्रो इकोनोमि

आगामी माघ ७ भित्र प्रदेशसभाको चुनाव गर्न नसकिने भन्दै निर्वाचन आयोगले अब प्रतिनिधिसभाको चुनाव मात्रै हुन सक्ने स्पष्ट पारेको छ । र त्यहि अनुसार तयारी गर्ने संकेत पनि गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा दुबै चुनाव गर्ने दाबी गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी माघ ७ भित्र प्रतिनिधिसभाको मात्रै चुनाव हुन सक्ने स्पष्ट पारेका हुन् । तर प्रदेशको चुनावबारे निर्वाचन आयोगले कुनै औपचारिक निर्णय भने गरिसकेको छैन् ।

नया संविधानले माघ ७ सम्म व्यवस्थापिका संसदको म्याद तोकेको छ । संविधान कार्यन्वयनका लागि यो अवधिभित्रै प्रदेशसभाको पनि चुनाव गर्नुपर्ने हुन्छ । तर, यो अवधिमा प्रदेशसभाको चुनाव गर्न नसकिने प्रमुख आयुक्त यादवले अभिव्यक्ति दिएका छन् । यसले तत्काललाई संघीयता थाँती राखेर अगाडि बढ्ने बाटो खुलेको छ । खासगरी एमाले र कांग्रेसले भित्रैदेखि संघीयता चाहिँरहेका छैनन् । जसका कारण उनीहरु प्रक्रिया पुर्याएर संघीयता लागु नहुदै हटाउने कसरतमा छन् ।
त्यसैको पछिल्लो उदाहरण चुनाव सार्नु लाइ लिन सकिने र चुनाव सारे संघीयता स्थगित हुने सम्भावना बढेर जाने राजनीतिक विश्लेषकको तर्क छ ।
निर्वाचन आयोगले अब संविधान कार्यान्वयनका लागि मंसिरमा प्रतिनिधिसभा चुनाव गराउने प्रस्ताव अघि सारको छ । र, भदौ १ गतेभित्रै निर्वाचनको मिति तोक्नुपर्ने भनेको छ ।

एमाले,राजपा सहितका केहि दल खुशी भएका छन। प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेशको चुनाव गर्न नसकिने भन्दै पहिले प्रतिनिधिसभाको चुनाव गर्ने अनौपचारिक प्रस्ताव राखेपछि एमाले नेताहरु खुशी देखिएका छन् । एमालेले प्रदेशको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने माग राख्दै आएका बेला यादवको यस्तो प्रतिक्रिया आएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको चुनाव पहिले हुनुपर्ने बताउँदै आएका छन् । राजपाका नेता महेन्द्र यादबले पनि पहिले प्रतिनिधी सभाको चुनाब हुनु पर्ने बताउदै आएका थिए।
मंसिरमा प्रतिनिधिसभा चुनाव नगराए संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने भएकाले पहिले प्रतिनिधिसभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव सकारात्मक रहेको एमाले नेता सुवास नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...