भूमिसम्बन्धी विधेयकलाई छिट्टै संसद्मा लैजाने : मन्त्री दहित



हाम्रो इकोनोमि

काठमाडौँ । भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले भूमि प्रशासनको क्षेत्रमा सुधार गर्न मन्त्रालयले छिट्टै चारवटा विधेयकलाई संसद्मा लैजाने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री दहितले भूमि, गुठी, नापीसम्बन्धी नीतिलाई मन्त्रिपरिषद् हुँदै डेढ महिनाभित्र ऐन निर्माणका लागि संसद्मा लैजाने बताउनुभएको हो । “भूमि प्रशासनमा हुने अनियमितता रोक्न र भूमिसम्बन्धी सम्पूर्ण अभिलेख राख्न यस्ता ऐनले महत्वपूर्ण भूमिका खेल्नेछ”– मन्त्री दहितले भन्नुभयो ।

उहाँले भूमि, नापी क्षेत्रमा के–कति काम भए भन्ने अभिलेख राख्न तथा देशभर भूमि क्षेत्रमा भएका कामका बारेमा जानकारी पाउन मन्त्रालय चाँडै अनलाइन प्रक्रियामा जान लागेको बताउनुभयो ।

मन्त्री दहितले तराई क्षेत्रका मुक्त कमलरीका लागि भदौ पहिलो हप्तादेखि परिचयपत्र वितरणको कामलाई अगाडि बढाउने बताउनुभयो ।

अर्को फरक प्रसंगमा मन्त्री दहितले प्रान्त र केन्द्रको निर्वाचन गराउने कुरामा सरकार गम्भीर रहेको बताउँदै प्रान्त र केन्द्रको निर्वाचन एकै चरणमा हुन नसक्ने उल्लेख गर्नुभयो । “केही ठाउँमा अहिले पनि सीमाको समस्या कायम छ, सीमाको समस्या समाधान नगरेसम्म निर्वाचन हुन सक्दैन”– उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...