मुलुकी ऐनलाई संशोधन विधेयक पारित हुने मन्त्री थापा



हाम्रो इकोनोमि

पोखरा  । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताउनुभएको छ ।

नेपाल महिला संघको ७० औँं स्थापना दिवसका अवसरमा संघको कास्कीद्वारा आज यहाँ आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले लामो समयसम्म पुरानो मुलुकी ऐन सञ्चालनमा आइरहेका कारण समसामयिक परिवर्तन समेतलाई आत्मसात् गरी नयाँ ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

सकेसम्म भोलि नै संसद्बाट सो सम्बन्धी विधेयक पारित हुने र आवश्यक अन्य कानून पनि चाँडो ल्याउने गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नुुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा संघले निर्वाह गरेको भूमिकाका सम्बन्धमा पनि मन्त्री बस्नेतले चर्चा गर्नुभयो ।

संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन सम्पन्न हुनुआवश्यक भएकामा जोड दिँदै उहाँले निर्धारित समयभित्रै सबै निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

सांसद शारदा पौडेलले जहानीया राणाशासनको अन्त्य हुँदै पञ्चायती व्यवस्थाको अन्त्य र लोकतान्त्रिक आन्दोलनमा महिला संघकोे अग्रणी स्थान रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...