मुलुकी ऐनलाई संशोधन विधेयक पारित हुने मन्त्री थापा



पोखरा  । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताउनुभएको छ ।

नेपाल महिला संघको ७० औँं स्थापना दिवसका अवसरमा संघको कास्कीद्वारा आज यहाँ आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले लामो समयसम्म पुरानो मुलुकी ऐन सञ्चालनमा आइरहेका कारण समसामयिक परिवर्तन समेतलाई आत्मसात् गरी नयाँ ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

सकेसम्म भोलि नै संसद्बाट सो सम्बन्धी विधेयक पारित हुने र आवश्यक अन्य कानून पनि चाँडो ल्याउने गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नुुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा संघले निर्वाह गरेको भूमिकाका सम्बन्धमा पनि मन्त्री बस्नेतले चर्चा गर्नुभयो ।

संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन सम्पन्न हुनुआवश्यक भएकामा जोड दिँदै उहाँले निर्धारित समयभित्रै सबै निर्वाचन सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

सांसद शारदा पौडेलले जहानीया राणाशासनको अन्त्य हुँदै पञ्चायती व्यवस्थाको अन्त्य र लोकतान्त्रिक आन्दोलनमा महिला संघकोे अग्रणी स्थान रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन