राप्रपा छाड्दै रेखा



हाम्रो इकोनोमि

काठमाडौँ । राप्रपा फुटेर अहिले दुई पार्टीमा विभाजित भएको छ । यस्तो अवस्थामा केही पशुपति शमसेर राणाले खोलेको दलतिर लाग्दैछन् भने काही कमल थापा नेतृत्वको राप्रपामा बस्ने निर्णय गरेका छन् । कोही भने दुबै पार्टीमा नरहने निर्ण गरेका छन् ।

पार्टी एकता भएसँगै हौसिएर राप्रपा प्रवेश गरेकी अभिनेत्रीदेखि अन्य व्यवसायी समेत अहिले राप्रपा छाड्ने मुडमा पुगेको खबर छ । राप्रपा कमजोर बनेसँगै अभिनेत्री रेखा थापाले पार्टी छाड्ने मुड बनाएकी छिन् । एकतापिछ राप्रपा बलियो भएको देखेर त्यसमा लागेकी उनी हाल पार्टी छाड्ने मुडमा पुगेकी स्रोतले बतायो ।

उनलार्इ पशुपति शमसेर राणाले समेत पार्टी फुटाउने क्रममा आफुसँग लिएर जान लागेका थिए । तर रेखाले त्यसरी पार्टी फुटाउन नहुनेमा जोड दिँदै आफु नजाने प्रष्ट पारेपछि उनी अहिले कमल थापा नेतृत्वको राप्रपामै छिन् ।

राणाले पार्टी फुटाउने विषयमा छलफल चल्दै गर्दा गायिका कोमल वली र थापाबीचमा अब के गर्ने भन्ने विषयमा समेत कुराकानी भएको थियो । थापाले पार्टी कमजोर हुँदै गएपछि त्यसमा बसिरहनुको अर्थ नभएको बताएकी छिन् । यद्यपी उनी कुनै निर्णयमा भने पुगेकी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...