कांग्रेसले बढायो निर्वाचनमा तिब्रता



हाम्रो इकोनोमि

काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ ।

तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज सो विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेको छ । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहका निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेपछि काँग्रेसले त्यसको क्षतिपूर्ति प्रदेश नं २ बाट गर्ने योजना बनाएको पार्टी कार्यालयले जनाएको छ ।

आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको कार्यसम्पादन बैठकको छलफल आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन केन्द्रित रहेको नेता डा नारायण खड्काले जानकारी दिनुभयो । काँग्रेसले विगत निर्वाचनमा भएका कमजोरी सच्याएर समयमै पार्टीका आधिकारिक उम्मेदवार तय गर्ने, प्रभावकारी प्रचारप्रसार कार्यक्रम गर्ने, पार्टीभित्रका असन्तुष्टिलाई समयमै व्यवस्थापन गर्नेलगायत तयारी भइरहेको जनाएको छ ।

संविधान संशोधन प्रस्तावलाई अघि बढाउन पहल गर्ने, सम्बोधन भइसकेका मधेशका अन्य कतिपय मागका बारेमा जनतालाई जानकारी गराउने र निर्वाचनमा पार्टीका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गर्ने बारेमा समेत बैठकमा छलफल भएको नेता डा खड्काले बताउनुभयो ।

काँग्रेसले यसअघि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते प्रदेश नं २ का काँग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापतिलगायत नेताको काठमाडौँमा भेला गरेको थियो ।

भेलाले निकालेको निष्कर्षलाई साउन ९ गतेको पार्टीको केन्द्रीय समिति बैठकले सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको थियो । पार्टीले निर्वाचनका तयारीका लागि हालै प्रदेश नं २ मा समेत बृहत् भेला गरिसकेको छ । काँग्रेसले सदैव समृद्ध मधेश र अधिकारसम्पन्न मधेशी जनताका पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई ध्यानमा राखी पार्टीका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रहसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...