सक्कली प्रहरीका नाममा नक्कली गाडि, दुई डिएसपी लाई कोर्रा लगाउने तयारी माओबादी नेता पनि मुछिए



फर्जी कागजात बनाएर नक्कली सवारी साधनको किनबेचमा संलग्न दुई डिएसपी सहित दर्जन प्रहरी कर्मचारी अनुसन्धानको घेरामा परेका छन । भारतबाट चोरी गरेर किर्ते कागजात बनाइएर पास गरिएका अधिकांस गाडिहरु नेपाल प्रहरीका धेरै कर्मचारीलाई विक्रि गरिएको खुलेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख नायव महानिरीक्षक डिआईजी रोमिन्द्रसिह देउजाले घटना सार्वजनिक भएपछि प्रहरीले समिति बनाएर आन्तरिक छानबिन शुरु गरेको जानकारी दिए । अहिले शसस्त्र प्रहरी गण मुख्यालय धनगढीका एसपी किशोर दाहालको नेतृत्वमा दुई जना प्रहरी निरिक्षक र दुई जना प्रहरी नायव निरिक्षक सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरेको डिआईजी देउजाले मूलधार न्यजलाई जानकारी दिए । उनले छानबिन समितिको प्रतिवेदनका आधारमा कर्मचारीमाथी कावाही हुने बताए । अनुसन्धान र छानबिनका क्रममा अहिलेसम्म नौ वटा गाडि र २४ वटा मोटर साईकिल नियन्त्रणमा लिएर दर्ता खारेज भई सकेका छन ।

कैलालीको भजनीका गोकुल प्रसाद श्रेष्ठले भारतबाट चोरीका गाडि किनेर, नेपालका विभन्न भन्सारमा लिलाम गरिएका किर्ते कागजात बनाएर धेरै गाडिहरु नेपाल प्रहरीका डिएसपी देखि जवान सम्म विक्रि गरेको खुलासा भएपछि अहिले प्रहरीमा हंगमा भएको छ । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेर अनुसन्धान भई रहेको खबर मुलधारले उल्लेख गरेको छ ।

गोकुल श्रेष्ठबबाट हालसम्म नेपाल प्रहरीका एक र सशस्त्र प्रहरी वलका एक गरि दुई जना डिएसपी सम्मले गाडि किनेको खुलेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत डिएसपी सुदीप पाठकले पनि आफु मातहतका प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा दर्ता गरेर हुण्डाई क्रेटा कार किनेको खुलासा भएको छ । से १ च १८१० नम्बरको गाडि डिएसपी पाठकले आफ्नै ईलाकामा कार्यरत हवल्दारको नामका हालेर चलाएका हुन । सशस्त्र प्रहरी वल औद्ययोगिक सुरक्षा गुल्म अत्तरियामा कार्यरत डिएसपी हर्क पन्तले पनि सो गिरोहबाट गाडि किनेका छन । उनले पनि आफ्नै कार्यालयका हवल्दारका नाममा पाश गराइएको खुलेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक दिपक पातलीले रोयल ईन्फिल्ड मोटरसाईक, प्रहरी निरिक्षक जनक राज ढुंगानाले पनि गोकुलबाट किर्ते कागजात बनाइएको मोटरसाईकल, आरआईटीका प्रहरी सहायक निरिक्षक केशव जोशीले पनि सुपर स्पेलेन्डर मोटरसाईल, प्रहरी हवल्दार केशवसिह ऐरीले पनि मोटरसाईकल, आरआईटीका प्रहरी धर्मसिह भाटले रोयल ईन्फिल्ड मोटरसाईकल, पदमसिह धामीले अपाची मोटरसाईकल सो गिरोहबाट किनेका थिए ।

कार र मोटरसाईकल किनेका धेरै प्रहरीले भने आफुहरुले यातायात कार्यालयमा गएर पास गरेको, राजश्व तिरेको र आफुहरुलाई चोरीका गाडि किर्ते कागजात गरि नामसारी भईरहेको थाहा नपाएको प्रतिक्रिया दिएका छन । आफुहरुले किर्त कागजात भएको भनेर थाहा नपाएको र मुख्य अभियुक्त गोकुल श्रेष्ठले झुक्याएको उनिहरुले बताएका छन ।

यस्तै महाकाली यातायात ब्यवस्था कार्यालयका निलम्बनमा परेका प्रमुख हेमन्त बहादुर सिहका सालाकी श्रीमती संगीता सिहका नाममा म १ ख ५१४ नम्बर उल्लेख भएको स्वीफ्ट डिजायर कार किनेको खुलासा भएको छ । मेलविसौना बझाङ स्थाई ठेगाना देखाएर उक्त कार किनिएको महाकाली अञ्चल यातायात ब्यवस्थामा तथ्यांक छ ।

यस्तै से ५ प ८२९९ र ८३ ९९ नम्बर लेखिएको रोयल ईन्फिल्ट (बुलेट) मोटरसाईक किन्न ठिक्क परेका सेती अञ्चल यातायातका दुई कर्मचारी भने जोगिएका छन । मोटरसाईलका लाग रकम दिईसकेका तर नामका हाल्न हतार नगरेका कारण यातायात कार्यालयमा पास नभएकाले उनीहरु छानविनबाट जोगिएका छन ।

प्रहरी, यातायातका कर्मचारी, केही बैंकका कर्मचारीहरुले पनि बुलेट कार किनेको खुलेको छ । धादिगं घर भएका दुई जना माओवादी केन्द्रका नेताहरुले समेत त्यस्ता गाडि किनेर पोखरातिर चलाइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय