देउवाले भने १० दिनभित्र चुनाबको मिति घोषणा गर्छु



हाम्रो इकोनोमि

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोलीले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेर उहाँलाई सो सुझाव दिनुभएको हो ।

भेटमा उहाँहरुबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको डा यादवले जानकारी दिनुभयो ।

निर्वाचनका लागि अति आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका विषयमा पनि आयोगको टोलीले प्रधानमन्त्रीसँग विस्तृत छलफल गर्नुभएको थियो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउने सन्दर्भमा विद्युतीय मतपत्रको प्रयोग र आवश्यकता सम्बन्धमा आयोगका तर्फबाट प्रधानमन्त्रीलाई अवगत गराएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताउनुभयो । छलफल भएका सबैजसो विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि कानूनी तयारी चाहिने भएकाले कानून र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन यथाशीघ्र उपलब्ध हुनुपर्नेमा आयोगले जोड दिँदै आएको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी माघ ७ गते भित्रै गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन गर्नुपर्ने तीन तहमध्ये स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको तथा तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं। २ मा निर्वाचन गर्ने घोषणा गरिएको छ ।

आयोगले प्रदेशसभाको निर्वाचन असोज ३० र प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्न उपयुक्त हुने सुझाव यसअघि सरकारलाई दिइसकेको छ ।

प्रमुख राजनीतिक दलबीच प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा गर्न सकिन्छ कि सकिदैन भन्ने बहस पनि चलिरहेको छ । आयोगले दुवै निर्वाचन एकै चरणमा गर्नुपर्दा मतपत्र दुई वटा मात्र कायम हुन आवश्यक छ अन्यथा अहिलेकै संरचनामा एकै पटक दुवै निर्वाचन गर्न व्यवस्थापकीय र प्राविधिक कठिनाइ हुने जानकारी दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...