जिसस धादिङमा एमाले



धादिङ । जिल्ला समन्वय समितिको सोमबार भएको निर्वाचनमा नेकपा९एमाले०का उम्मेदवारको पूरै समूह विजयी भएको छ ।

छब्बीस मतदाता रहेको जिसस प्रमुखमा एमालेका जगन्नाथ नेपाल १७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा९माओवादी केन्द्र० गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका काँग्रेसका भक्त लामाले ८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका ध्रुव सुवेदीले ९ मत प्राप्त गर्नुभयो । जिससका सदस्यमा एमालेकै कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमलनारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार र उर्गेनवती तामाङ १६÷१६ मत प्राप्त गरी विजयी हुनुभयो ।

विजयी उम्मेदवारलाई आजै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराउनुभयो । निर्वाचनपछि कार्यभार सम्हाल्दै जिससका प्रमुख जगन्नाथ नेपालले जिल्लाको विकास निर्माणलगायत कार्यमा स्थानीय सरकारलाई सहयोग पु¥याउने र विकासका निम्ति लागिपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम