ममताको बिरोध गर्दै गोर्खाल्यान्डको मागमा समर्थन जनाउदै सडकमा उर्लिए बौद्ध धर्मावलम्बीहरु



हाम्रो इकोनोमि

अनिश्‍चितकालीन पहाड़ बन्द गर्दा पनि भएन, आमरण अनशन गर्दा पनि भएन, नारा र जुलूस गर्दा पनि भएन, ८ जनाको ज्यान जाँदा पनि भएन, अब आध्यामिकतालेनै केन्द्रको तन्द्रा तोड़िन्छ कि। जनशक्तिले केन्द्र सरकारलाई कुनै असर नपरेपछि अब आध्यामिक शक्तिले केन्द्रको मन पग्लिन्छ कि।

आज यस्तै आशा अनि आस्था बोकेर दार्जीलिङमा सर्व बौद्ध समुदायले टाँसी गेपा (मङ्गलसूत्र)-को मन्त्रोच्चारण गर्दै एक आध्यामिक जुलूसको आयोजना गरेको थियो, जसमा सहभागी म्हाणीपा महिला अनि बौद्ध धर्मगुरूहरुले हात-हातमा ठेङ्गा (माला) जप जप गरिरहेका थिए भने म्हाणी खारेलो पनि घुमाइरहेका थिए।

आज बिहान यहाँको रेलवे स्टेशन परिसरदेखिनै गोर्खाल्यान्डको माग शीघ्र पूर्ण होस्, पहाड़मा चलिरहेको गोर्खाल्यान्ड आन्दोलन शान्ति अनि अहिंसात्मक ढङ्गले अघि बढोस्, यस आन्दोलनको क्रममा शहीद हुने 8 जना गोर्खाल्यान्ड समर्थकको आत्मशान्तिसँगै गोर्खाल्यान्ड राज्य प्राप्तिको लागि आमरण अनशनमा बसिरहेका युवाहरुको सुस्वास्थ्यको कामना गर्दै आज बौद्ध धर्मावलम्बी अनि बौद्ध धर्मानुरागीहरुले एक आध्यात्मिक जुलूस निकालेका थिए।

जुन जुलूस यहाँको चौरास्ता पुगेर समापन भएको थियो। जहाँ यी बौद्ध धर्मावलम्बीहरुले 108 छिमी (बत्ती) प्रज्जवलन गरेर प्रार्थना पनि गरेका थिए। यसबारे जीटी भोटियासित सोध्दा उनले भने-दार्जीलिङ पहाड़मा अलग राज्य गोर्खाल्यान्डको मागमा आन्दोलन चलिरहेको छ, पहाड़ अशान्त बनिरहेको छ, तर अझैसम्म पनि केन्द्र सरकार चुप लागेर बसिरहेको छ। अब केन्द्रले आफ्नो मौनता तोड़ेर गोर्खाल्यान्ड राज्य गठनको लागि वार्ता शुरू गर्नुपर्छ भन्ने मागमानै यो जुलूसको आयोजना गरिएको नया बाटोले उल्लेख गरेको हो।

उनले भने-बौद्ध धर्मावलम्बीहरुले गत १९ जुलाईको दिन पनि गोर्खाल्यान्डकै मागमा मैनबत्ती जुलूस निकालेर शहरको परिक्रमा गरेका थिए अनि आज सर्व बौद्ध समुदायलेनै यो जुलूस निकालेका हुन्। किनभने, दार्जीलिङ पहाड़मा मात्रै होइन, सर्वत्र छरिएर बसेका बौद्ध धर्मावलम्बीहरुलाई पनि अलग राज्य गोर्खाल्यान्डको खाँचो छ। जबसम्म यो माग पूर्ण हुनेछैन, तबसम्म पहाड़ कहिले शान्त हुनेछैन।

यस विषयलाई बुझेर पनि केन्द्र सरकारले गोर्खा जातिको यो माग पूर्ण गर्न आवश्यक छ। आज यी बौद्ध धर्मावलम्बीहरुले जुलूसको अवसरमा बज्र गुरू मन्त्र पनि उच्चारण गरिरहेका थिए। जुन मन्त्र विशेष बौद्ध धर्मावलम्बीहरुले शक्तिको लागि उच्चारण गर्ने गर्छन्। यसबारे अशोक मोक्तानले भने-कुनै पनि कार्यसिद्धि (कार्य सफल होस्) भन्ने उद्देश्यमानै बौद्ध धर्मावलम्बीहरुले मङ्गल सूत्रको पाठ गर्छन्, यसैले आज यसै मन्त्रोच्चारणको साथ रेलवे स्टेशनबाट यो आध्यात्मिक जुलूसको शुरूआत गरिएको थियो। ताकि गोर्खा जातिले दीर्घ समयदेखि गरिरहेको अलग राज्य गोर्खाल्यान्डको माग पूर्ण होस्।

यस अवसरमा दार्जीलिङका सम्पूर्ण बौद्ध गुम्बाका धर्मगुरूहरु अनि कैयौं म्हाणीपाहरु पनि सामेल थिए। अब कुनै पनि गणतान्त्रिक आन्दोलनको हतियारले पूर्ण नभएको यो आन्दोलनलाई यस आध्यात्मिक आन्दोलनले कति सफल बनाउने हो, त्यो आगामी दिनमानै स्पष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...