पाँच टिपर काठ नियन्त्रणमा



हाम्रो इकोनोमि

लहान । प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ ।

मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको ना३ख ८७७५, बा४ख ६७८९, ना३ख ३४१६, ना३ख ८७१७ र ना५ख ९८६ नंको ५ वटा टिपरलाई गोलिया काठसहित नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको काठ कति मूल्य बराबरको हो भन्ने अहिले यकिन नभइसकेको र नियन्त्रणमा लिएका टिपर र काठका सम्बन्धमा अनुसन्धान भइरहेको सहायक वन अधिकृत यादवले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...