बल्ल लिए भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले शपथ



हाम्रो इकोनोमि

चितवन । भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन् । हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन् । वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेणु दाहालसँग शपथग्रहण गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का निर्वाचित दुईजना वडा अध्यक्षले भने शपथग्रहण गर्न नपाउने भएका हुन् । उनीहरु दुबैजना एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

दुई वडाका पराजित वडा अध्यक्षले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । सो पश्चात जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु नगराउनु भनि विपक्षीका नाममा आदेश दिएको थियो ।  हिजो नेपाली काँग्रेस र (माओवादी केन्द्र) का तर्फबाट विजयी प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथग्रहण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...