बल्ल लिए भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले शपथ



चितवन । भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन् । हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन् । वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेणु दाहालसँग शपथग्रहण गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का निर्वाचित दुईजना वडा अध्यक्षले भने शपथग्रहण गर्न नपाउने भएका हुन् । उनीहरु दुबैजना एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

दुई वडाका पराजित वडा अध्यक्षले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । सो पश्चात जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु नगराउनु भनि विपक्षीका नाममा आदेश दिएको थियो ।  हिजो नेपाली काँग्रेस र (माओवादी केन्द्र) का तर्फबाट विजयी प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथग्रहण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम