खर्चिलो, भड्किलो र अस्वस्थ प्रतिस्पर्धाबाट सिंगो पर्यटन क्षेत्रलाई मुक्त गरिनुपर्छ : थापा



सूर्य थापा नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । राजनीतिका अलवा थापाले २५ भन्दा बढी समय पत्रकारितामा बिताएका छन् । पार्टीको नवौ महाधिवेशनपछि पर्यटन प्रबद्र्धन विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका छन् । पर्यटन विभागको नेतृत्व सम्हालेसँगै संगठनले अघि सारेका उम्मेदवारहरुले नै विभिन्न पर्यटकीय संघसंस्थाहरुमा बिजयी हासिल गरिरहेका छन् । तर उनकै संगठन पनि विवादमुक्त भने रहन सकेको छैन । नेपालको पर्यटन प्रबद्र्धनमा उनी प्रमुख रहेको विभाग र एमालेसम्बद्ध नेपाल राष्ट्रिय पर्यटन व्यवासायी संगठनलाई अब कसरी अघि बढाउछन् ? यी र यस्तै विषयबस्तुमा केन्द्रित रही थापासँग गरिएको कुराकानी

 तपाईले नेकपा (एमाले)को पर्यटन प्रबद्र्धन विभाग प्रमुखको जिम्मेवारी सम्हालेपश्चात पर्यटकीय संघ–संस्थाहरु टान, नाट्टा, हान र एनएमएमा तपाईहरुले अघि सारेका उम्मेदवारले जित हात पारेका छन् यसलाई कुन रुपमा लिनु भएको छ ? 

म यो क्षेत्रको प्रमुख भएर आएपछि टान, नाट्टा, हानमा कतै निर्वाचन त कहीं सर्वसम्मतिबाट हामीप्रति सद्भाव राख्ने व्यवसायीहरु नेतृत्वको जिम्मेवारी लिन सफल भएका छन् ।  भर्खरै मात्र नेपाल पर्वतारोहण संघ(एनएमए)मा पनि ४३ वर्षको इतिहासमा पहिलो पटक हामीले नै अघि सारेका उम्मेद्वार सन्तबीर लामा नेतृत्वको संयुक्त प्यानलले विजय हासिल गरेको छ । हामीले अलिक संगठित रुपमा पार्टीको नीति, दृष्टिकोण र व्यवसायीको सरोकारका विषयका आधारमा प्रतिस्पर्धा वा सर्वसम्मतिका आधारमा संयुक्त वा एकल प्यानल निर्माण गर्दै आएका छौ । जसका कारण व्यवसायीहरुले त्यस्ता टिम वा प्यानललाई मन पराएर मतदान गरी विजयी बनाएका छन् । यो सुखद र खुशीको कुरा हो । नेपाल पर्वतारोहण संघमा हामी सहमतिको नेतृत्व निर्माण गर्न दृढ थियौं, तर त्यसको नेतृत्व धेरै बाठो भएर चुनावमा अघि बढ्यो । फलस्वरुप हामी त्यसको जरा उखेल्ने गरी निर्वाचनमा जुट्न र परास्त गर्न बाभ्य भयौं । हामी त चहन्थ्यौ तीनतीन पटक अध्यक्ष भइसकेका व्यक्तिले आफूलाई सम्मानको स्थानमा राखेर सहमति जुटाउन भूमिका खेल्नसक्नुपर्दथ्यो । दुःखको कुरा त्यसो हुन सकेन ।

सर्वसम्मति त भन्नु भयो तर नेतृत्व छनोटमा सबैतिर तपाईको हस्तक्षेपकारी भूमिका रह्यो भन्ने आरोप छ नि ?

 

 तपाईलाई कसले यस्तो तथ्यहीन कुरा भन्यो ? मलाई थाहा भएन । मसँग चाहि आजसम्म एक जनाले पनि यसहिसाबले गुनासो गरेको छैन । उम्मेदवार छनौटका लागि हामीले वार्ता या समन्वय समिति र कार्यदल बनाउने गरेका छौ । जसले आवश्यक गृहकार्य गरेर उम्मेदवार छनौटको सिफारिस गर्ने गरेको छ र संगठनको औपचारिक बैठकले नै निर्णय गर्ने परम्परा बसालिएको छ । अर्कोकुरा सबै व्यवसायीलाई म राम्रोसँग चिन्दा पनि चिन्दिनँ । संगठनमा बसेका साथीहरुले वार्ता, समन्वय र छलफलमार्फत उम्मेदवार छान्नुहुन्छ र बैठकबाट निर्णय गर्ने गर्नुहुन्छ । त्यसकारण पनि व्यक्ति छनौटमा मेरो रुचि र सरोकार रहदैन । तर म यति कुराचाहिं ध्यान दिन्छु कि छानेको व्यक्तिले योग्यतापूर्वक काम गर्न सक्छ कि सक्दैन ? संस्थाको गरिमा बढाउन सक्छ कि सक्दैन ? त्यसकारण अनावश्यक विषयमा बाटोमा कसले के भन्दै हिड्छ भन्ने कुरामा मेरो धेरै चासो रहदैन ।

एमाले समर्थित व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवासायी संगठनभित्रै विवाद छ ?

मान्छेहरुले बजारमा हाम्रो संगठनभित्र विवाद छ भनेर हल्ला फैलाउने गरेका छन् । विवाद कहाँनेर छ भन्ने पनि मलाई थाहा छैन । संगटनको पहिलो महाधिवेशन म ईन्चार्ज भएर आएपछि अनेकन विवादहरु मिलाएर सम्पन्न गरिएको थियो, त्यसैबाट चयन भएको नेतृत्व, त्यहाँबाटै पारित बिधानबाट संगठन संचालन हुदै आएको छ । धेरै मानिसहरु मिलेर संगठन बन्ने हुँदा सबैको एउटै स्वभाव हुदैन । स्वभावमा एकरुपता कायम गर्ने प्रयास पनि गर्नुहुदैन । संगठन महाधिवेशनबाट पारित विधान र नेतृत्वबाट नै संगठन संचालन हुन्छ र संचालित छ । एक व्यक्तिको आग्रहका आधारमा चल्ने कुरा कुनै प्राइभेट कम्पनीजस्तोमा संभव होला, तर पार्टीको हितका लागि बनाइएको यस संगठनमा त्यसो गर्न मिल्दैन । यहाँ जुनसुकै विषयमा संगठनको दायराभित्र पद्धतिसम्मत ढंगले छलफल र हरेक विवादको समाधान संभव छ ।किनभने, पर्यटन व्यवसायीहरुका बीचको काममा सहकार्य, समन्वय र नेतृत्व गर्न यो संगठन निर्माण गरिएको हो । यसका विषयमा सही कुरा बुझ्न बाँकी साथीहरुले भोलिका दिनमा बुझ्दै जानु होला । जुनसुकै संगठनमा पनि काम गर्ने र नगर्ने व्यक्तिहरुबीच विवाद त हुन्छ नै । काम गर्नेहरु काममा व्यस्त हुन्छन्, तर नगर्नेहरु अनावश्यक हौवा फैलाउदैं र गफ गर्दै बस्छन् । तैपनि संगठनको दायराभित्र जुनसुकै राम्रो र सकारात्मक एजेण्डामा छलफल गरेर जस्तासुकै विवाद हल गरी एकता र सहमति कायम गर्ने र परिणाममा संगठनलाई पार्टी र देशको हितमा संचालन गर्ने पक्षमा हामीले सदैव ध्यान दिने गरेका छौं । यस संगठनको इन्चार्जका नाताले विधि र पद्धतिसम्मत ढंगबाट जोकसैका असन्तुष्टि हटाउने र कुडिएका मनहरु बुझाएर एकताबद्ध बनाउने प्रयास मेरो रहिआएको छ  । मैले यो काम आज, भोलि र जहिले पनि गर्छु र गरिरहने छु ।

त्यसो हो कि तपाई संगठनमा एकपक्षीय गुटलाई मात्र लिएर हिडिरहनु भएको छ ? 
गुटबन्दीलाई म घृणा गर्छु । त्यसकारण, जसले यस्ता आरोप लगाएका छन्, उनीहरुलाई नै यसको जवाफ सोध्न सुझाव दिन चाहन्छु । यो संगठनको सक्रिय भूमिकाका लागि मैले यो र ऊ कुनै पक्ष भनेर व्यवहार गर्नेभन्दा काम गर्ने हरेक सदस्यलाई अघि बढाउने र बढी प्रोत्साहित गर्ने गर्छु । हरेकका अन्तर्निहित क्षमताको कदर र उचित अवसर प्रदान गरेरै मलाई लाग्छ– मैले सबैलाई एकीकृत गरेरै अघि बढाउने गरेको छु ।

उसो भए अब, टान र नाट्टाको निर्वाचन मिति पनि नजिकिदै छ । त्यसका लागि कस्तो रणनीतिक निर्माण गर्दै हुनुहुन्छ ? 
हामी चुनावदेखि चुनावसम्मको गोलचक्करमा सीमित रहन चाहदैनौं । पछिल्लो समय पर्यटकीय संघ–संस्थाहरुमा यस्तो गलत गोलचक्करको प्रवृत्ति धेरै नै बढेको छ । केही संस्थाहरुमा चुनाव कुरेर बस्ने प्रवृत्ती हावी हुदै अएको छ । हुनै आँटेको सर्वसम्मतिलाई पनि भाड्न अनेकन खालका बहाना बनाउने, विश्वासघात गर्ने र विगतका आफ्नै वचनबद्धता बिर्सने, तोड्ने र प्यानल बनाएर अघि बढ्ने प्रवृत्ती देखापरेको छ । हामी त्यस्तो नहोस् भनेर चुनावदेखि चुनावसम्मको गोलचक्करलाई अन्त्य गर्न चाहन्छौ । हामीले जातीय संघसंस्था बनाउने र अनुचित प्रतिस्पर्धा गर्नबाट पर्यटकीय संघसंस्थाहरुलाई मुक्त गर्दै जानुपर्छ । उम्मेद्वारको खोजी गर्दै बा–है महिना पसल थापेर बस्ने रवैयालाई बढावा दिने काम कसैबाट गरिनुहुन्न ।

टान, हान, नाट्टा, एनएमएजस्ता संस्थाहरु पर्यटन क्षेत्रको आधारस्तम्भका रुपमा रहेका छन् । यिनलाई अझ व्यवस्थित बनाउदै मुलुकको पर्यटन प्रबद्र्धनमा लगाउनुपर्छ । संविधान निर्माणपछिको मुलुकको संघीय संरचनाअनुसार यस्तम मुख्य संस्थाहरुलाई व्यवस्थित बनाउदै लैजान सक्नुपर्छ । सहमतिमा नेतृत्व आउने परिपाटी विकास गर्न हामीले बढीभन्दा बढी जोड चाहन्छौ । तसर्थः भोलिका दिनमा पनि हाम्रो प्रयास सर्वसम्मबिाटत नेतृत्व चयनमा नै रहने छ । तर हामीले मात्र चाहेर यो संभव हुने रहेनछ । त्यसैले हामी स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउदै अघि बढ्न केन्द्रित छौं ।

पर्यटकीय संस्थाहरुलाई राजनीतिकरण गरिदिनुभयो भन्ने आरोप छ नि ? 
जुनसुकै क्षेत्रजस्तै पर्यटन क्षेत्र राजनीतिमुक्त नै बनाउने भनेर संभव छैन । तर यस क्षेत्रका विभिन्न संस्थाहरुलाई सही राजनीतिले डोर्‍याएर मुलुकको समृद्धि र बढी राजस्व परिचालन गरी मुलुकलाई धनी बनाउने  र नागरिकलाई सुखी बनाउने उद्देश्यका साथ अघि बढ्नुपर्दछ । मैले अघि पनि भने हामी त्यही उद्देश्यका साथ अघि बढ्न चाहन्छौ ।

अन्त्यमा, मुलुकको पर्यटन प्रबद्र्धनका लागि तपाईहरु कसरी अगाडि बढ्नु हुन्छ ? 
समग्र पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने काम हाम्रो पार्टी, विभाग र संगठनको मात्रै होइन । यो संगठन भनेको त व्यवसायीहरुलाई संगठित गर्दै पार्टीको सञ्जाल निर्माण र बिस्तार गर्दै पार्टीलाई बलियो बनाउने नै हो । तर संस्थागत कार्ययोजनाअनुसार भूकम्पपछिको पर्यटन पुनरुत्थानका लागि हामीले विभिन्न खालका कार्यक्रमहरु संचालन ग¥यौं । नेपाल सुरक्षित छ भन्ने सन्देश दिने काममा सिंगो पार्टीलाई नै केन्द्रित गर्‍यौ । यसका अलवा पार्टीको नीति, घोषणापत्र निर्माण गर्दा पर्यटन प्रबद्र्धन र बजारीकरणको मुद्दालाईव्यवस्थित रुपमा उठान गर्ने काम गरेका छौ । पर्यटन प्रबद्र्धनको समग्र काम भने राज्यको प्राथमिकताको नै काम हो । राज्य र सरकारका सही नीति, योजना र प्राथमिकता तर्जुमा गरी त्यसको वरिपरि रहेर हामीले आप्mनो पार्टी र संगठनका तर्फबाट सघाउने  हो ।

राज्यले आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गर्ने, पर्यटक आगमन संख्या बढाउने,  त्यसबाट धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्ने र राजश्व परिचालन बढाउनका लागि आवश्यक नीतिगत र संरचनागत प्रबन्ध मिलाउने काम गर्नुपर्छ । त्यसो गर्नका लागि भने हामी सदैव तयार छौ र गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस
नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दिल्ली जाने तयारीमा

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी

बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा

  बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश