एमालेले काठमाडौँ यसरी गर्यो कब्जा



हाम्रो इकोनोमि

काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित हुनुभएको छ ।
आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गर्नु भएकोछ ।
सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार हुनुहुन्छ । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...