चार बालिकाको मृत्यु प्रकरणका ठेकेदारलाई प्रहरीले जाक्यो खोरमा



हाम्रो इकोनोमि

रौतहटको गरुडास्थित सडक बनाउन खनिएको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएपछि सडक बनाउने जिम्मा पाएका ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।  दुर्गा निर्माण सेवा नामक ठेकेदार कम्पनीका प्रल्हाद साहलाई प्रहरीले प्रक्राउ गरेको हो । ठेकेदारले सडक बनाउन खनेको खाल्डो नपुरेकाले बालबालिकाको मृत्यु भएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन । गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो । सोही खाडलमा जमेको पानीमा नुहाउन गएका चार जना बालिकाको शनिवार मध्यन्न ज्यान गएको थियो ।
सडकमा शव राखेर प्रर्दशन
पोष्टमार्टम गरिएका मृतक बालिकाहरुको शव नगरपालिकाको कार्यालय अगाडि बाटोमा राखेर आफन्तहरुले आईतबार प्रदैशन गरेका छन । उनीहरुले मृतक बालबालिकाको शव बुझेलगत्तै दुई घण्टा सडक अबरुद्ध गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको छ ।

पीडित परिवारले आजै बालिकाहरुको अन्तिम संस्कार गर्ने तयारी गरेको छ ।  शनिबार मध्यन्ह गरुडा नगरपालिका ४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको खाल्डोको पानीमा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...