चार बालिकाको मृत्यु प्रकरणका ठेकेदारलाई प्रहरीले जाक्यो खोरमा



रौतहटको गरुडास्थित सडक बनाउन खनिएको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएपछि सडक बनाउने जिम्मा पाएका ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।  दुर्गा निर्माण सेवा नामक ठेकेदार कम्पनीका प्रल्हाद साहलाई प्रहरीले प्रक्राउ गरेको हो । ठेकेदारले सडक बनाउन खनेको खाल्डो नपुरेकाले बालबालिकाको मृत्यु भएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन । गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो । सोही खाडलमा जमेको पानीमा नुहाउन गएका चार जना बालिकाको शनिवार मध्यन्न ज्यान गएको थियो ।
सडकमा शव राखेर प्रर्दशन
पोष्टमार्टम गरिएका मृतक बालिकाहरुको शव नगरपालिकाको कार्यालय अगाडि बाटोमा राखेर आफन्तहरुले आईतबार प्रदैशन गरेका छन । उनीहरुले मृतक बालबालिकाको शव बुझेलगत्तै दुई घण्टा सडक अबरुद्ध गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको छ ।

पीडित परिवारले आजै बालिकाहरुको अन्तिम संस्कार गर्ने तयारी गरेको छ ।  शनिबार मध्यन्ह गरुडा नगरपालिका ४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको खाल्डोको पानीमा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी