भरतपुरलाई नमूना महानगर मनाइने



हाम्रो इकोनोमि

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गर्ने बताएकी छिन् ।

निर्वाचनमा विजय भएपछि आईतबार आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उनले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने र अब भरतपुरलाई नमुना शहरको रुपमा विस्तार गर्न लाग्ने बताईन ।

कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता गरिन ।

सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अमिक शेरचनले सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउन अहिलेको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सुशासन कायम गर्दै जनाकांक्षा बुझेर काम गर्न पदाधिकारीलाई सुझाव दिए ।
स्थानीय चौबीसकोठीमा भेला भएर सुरु भएको पदयात्रा नारायणगढको पुल्चोक पुगेको थियो । पदयात्रामा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...