ममता आतंकले उग्ररुप लियो,गोर्खाल्याण्ड आन्दोलनका नेता भटाभट समातिदै, एउटै नेतालाई २५ वटासम्म मुद्धा



हाम्रो इकोनोमि

पश्चिम बंगाल सरकरले गोर्खाल्याण्ड आन्दोलनको अग्रमोर्चामा रहेका गोर्खा जनमुक्ति मोर्चाका नेताहरुलाई पक्रन थालेको छ । आन्दोलन दमनका लागि पश्चिम बंगाल सरकारले निगरानीमा राखेका २३ भन्दा बढी मोर्चाका नेता मध्ये तल्लो तहका नेताहरुलाई पक्रन सुरु गरेको हो । भारतीय प्रहरीले पूर्व सभासद नर्वुजी लामालाई शुक्रबार मध्यरातमा सिलिगुडीबाट पक्राउ गरेको गोर्खा जनमुक्ति मोर्चाकी महिला नेतृ निरा शर्माले जानकारी दिइन् ।

उनले पश्चिम बंगाल सरकारको निशानामा दोस्रो र तेस्रो तहका नेताहरु पर्न थालेको भन्दै आफुहरु पनि असुरक्षित बन्दै गएको बताइन् । पश्चिम बंगाल सरकारले लामालाई भानु भवनमा आक्रमण गरेको सहितका २५ मुद्दा लगाएको छ । लामालाई शनिबार नै जिल्ला अदालत सिलिगुडीमा उपस्थित गराइएको छ । मोर्चाको सुकुना पानीघट्टा क्षेत्रका अध्यक्ष रमेश श्रेष्ठको घरमा पनि प्रहरी र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) को समुहले खानतलासी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले तृणमुल काँग्रेसका स्थानीय नेताको सुराकीमा खानतलासी भएको आरोप लगाएका छन् । अहिलेसम्म ११ जनाले ज्यान गुमाई सकेको गोर्खाल्याण्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ताजनक छ ।

यस विषयमा खास गम्भिर नदेखिएको पश्चिम बंगाल सरकारले मोर्चा विरुद्ध चालेको अर्को कदमलाई गम्भिरताका साथ लिएको नेतृ शर्माले बताइन् । १६ दिन देखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ताजनक बनेपनि पश्चिम बंगाल सरकारले उनीहरुको जीवन रक्षाका लागि वास्ता नगरेको विद्यार्थी मोर्चाका प्रवक्ता सन्दिप क्षेत्रीले आरोप लगाएका छन्

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...