राजपाको धम्की पछी एमालेका नेता गुहार्दै देउवा



राष्ट्रिय जनता पार्टीले एक दुई दिनभित्र नै संविधान संशोधनको विषयमा टुङ्गो लगाउन सरकारलाई तिब्र दबाब दिन थाले पछी प्रधानमन्त्री शेर बहादुर देउवाले सक्रियता देखाउने संकेत गरेका छन ।

लामो समयअघिदेखि संविधान संशोधनको आश देखाएर पनि ठोस प्रगति गर्न नसकेकोमा सरकारको आलोचना गर्दै राजपाले दबाब दिएपछी देउवा एमालेका शीर्ष नेताहरुलाई भेटेर संशोधन प्रस्ताव पेश गर्नका लागि सहयोग माग्ने तयारी गरेका हुन् । देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु झलनाथ खनाल र माधबकुमार नेतालाई भेटेर छलफल गर्ने बताइएको छ । अब पनि सरकारले विभिन्न बहाना देखाएर संविधान संशोधनलाई अगाडि बढाएन भने चुनाव बहिष्कारको निर्णय समेत गर्ने चेतावनी राजपाले दिएको छ ।
राजपाको चेतावनीपछि प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन प्रस्तावलाई संसदमा पेश गर्ने उपाय खोज्न थालेका छन् । प्रधानमन्त्री देउवाले तत्काल नेकपा एमालेलाई मनाएर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट