भूकम्प आयो अथवा आपतकालिन घटना घट्यो भने अब यसो गर्नुहोस,छुटकारा पाउन सकिन्छ



आकस्मिक रुपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? तत्काल कसरी जोगिन सकिन्छ ?
यी र यस्तै विभिन्न उपचारका प्रश्नका प्राथमिक उपचारका खोजी गर्दै अमेरिकन रेडक्रशको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेशन एप सार्वजनिक गरेको छ ।

एपमा एलर्जी÷एनाफिलाक्सिस्क, दमको रोग, रक्तश्राप, हाड भाँचिएको, पोलाइ, मधुमेह, घाँटीमा केही अड्किँदा कसरी व्यवस्थापन गर्ने, तनाव, टाउकोलगायत शरीरका अन्य भागमा लागेका सामान्य चोटपटक, अत्याधिक कठ्यांग्रिँदा कसरी जोगिने, छारेरोग, मेनिन्जाइटिस, बेहोस, मस्तिष्कघात, डसेका अथवा टोकेको घाउलगायतका विषय समेत समेटिएका छन् ।

साथै भूकम्प, आगलागी, बाढी, फ्लुका प्रकोप, तातो हावा, डढेलोजस्ता तत्काल विपद्को समयमा आकस्मिक रुपमा कसरी आफूलाई सामना तथा प्रतिरोध गर्नसक्ने बनाउने भन्ने विषयमा पनि सो एप्लिकेशनमा जानकारी रहेको छ ।

प्राथमिक उपचार नेपाल रेडक्रश एप्लिकेशन डाउनलोड गरेपछि बिना इन्टरनेट पनि पढ्न, हेर्ने र सुन्न सकिने सोसाइटीले जनाएको छ ।

सो एप्लिकेशनमा प्राथमिक उपचार, यसका प्रशिक्षणका विधि, विपद् प्रतिरोध, जोगिने उपाय, रक्तदान, विपद्का समयमा उद्धार, खोजमा जुट्न, सोसाइटीका मानवीय सेवालगायत क्षेत्रका बारेमा पनि जानकारी राखिएको छ ।

घरघरमा प्राथमिक उपचार, यसको ज्ञान र सीप प्रवद्र्धन गर्न नेपाली भाषामा एप्लिकेशन तयार गरिएको जानकारी सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले दिनुभयो । उहाँले भन्नुभयो “अहिले आम जनताका हातहातमा मोवाइल फोन छ, एकपटक यसलाई डाउनलोड गरी राखेकामा आकस्मिक विपद्का समयमा जोखिमसँग लड्न र प्राथमिक उपचार गर्न कोशेढुङ्गाको रुपमा काम गर्छ ।”

हालै हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो एप्लिकेशनको शुभारम्भ गर्नुभएको थियो । उहाँहरुले विपद्का समयमा सोसाइटीले मानवीय सेवाका क्षेत्रमा गरेका कामको प्रशंसा गर्नुभएको थियो ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले मानवीय सेवामा तल्लीन सोसाइटीको कामलाई अझ छिटो र चुस्त बनाउन एप्सले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय