संविधान संसोधनमा एमाले बाधक : देउवा



हाम्रो इकोनोमि

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक रहेको बताएका छन् ।  प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास पनि व्यक्त गरेका छन् ।

जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताएका हुन । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए ।

उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे । निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग कांग्रेस तालमेल गर्ने पक्षमा रहेको उनको कथन थियो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...