कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक



भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा शुक्रबार सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उनले जानकारी दिएका छन् ।

त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ । अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट बर्खास्त

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ

एसईईमा कुन विषयमा कति विद्यार्थी ‘फेल’ ?

    राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा