मन्त्री बलायर र राजदूत हङबीच शिष्टाचार भेट



हाम्रो इकोनोमि

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग नेपालका लागि चिनियाँ राजदूत यु हङबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा बिहीबार भएको भेटमा राजदूत हङले स्याफ्रुबँेसी–रसुवागढी सडक निर्माणको काम छिट्टै गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हङले चिनियाँ लगानीमा सञ्चालित परियोजना चाँडो सम्पन्न गरी थप योजनामा सहयोग गरिने विश्वास दिलाएको मन्त्री बलायरका प्रेस सहयोगी रमेश जोशीले जानकारी दिएका छन् ।

मन्त्री बलायरले अरनिको राजमार्गमा दोस्रो चरणको मर्मत गर्न चीन सरकारको सहयोगका लागि अनुरोध गरेका थिए । अरनिको राजमार्ग मर्मत गर्न चीन सरकार सकारात्मक रहेको राजदूत हङले जानकारी दिए ।  नेपालमा पूर्वाधार निर्माणका काममा निरन्तर सहयोग गर्न चीन सरकार तयार रहेको पनि हङको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...