कैदी छुटाउदै विवेक



हाम्रो इकोनोमि

काठमाडौँ । कोही मान्छे यस्तो नि हुन्छ जो आफ्नो भन्दा अरुको सेवा गर्न पाउदा औधी खुसी हुन्छन् । हो तिनै मध्ये एक हुन विवेक उपाध्याय । उनलाई यो सामाजिक कर्मको भोक जगाई दिने पात्र हुन श्वेता जैन र दोर्जे छिरिङ शेर्पा । यी दुई अग्रजको माया र साथ पाएसँगै विवेक अचेल जेलमा परेका कैदीहरु छुटाउन सक्रिय रहेका छन ।

जेलमा परेकाहरु सानो तिनो रकम पनि तिर्न नसकेर जेलमा नै बस्न बाध्य छन् । हो तिनै मानिसहरुलाई रकमको जोहो गरेर जेल जीवनबाट छुटकारा दिलाई दिने काममा उनी लागिरहेका छन् । उनी आफै पनि वेकसुर ४६ दिन जेलमा परेका व्यक्ति हसन । त्यहाँ रहँदा उनले धेरै देखे,सिके र भोगे । त्यही सिकाइ स्वरुप उनी कैदीको हक हितमा लाग्ने कसम खाए । र जन्माए हिडेन लाइफ फाउन्डेसन । उनी संस्थाको अध्यक्ष हुन ।

संस्थाले हालसम्म ६४ बढी कैदीहरुको धरौटी रकम तिरेर जेलबाट बाहिर निकालि सकेको छ । केही दिन अगाडि मात्र धुलिखेल, पोखरा, गौर,विरगञ्ज लगायतका जेलहरु भ्रमण गरेर विवके काठमाडौं उत्रिएका छन । देशभर रहेका ७४ जेलमध्य हालसम्म उनी र उनको संस्थाले १५ वटा जेलमा रहेका कैदीहरुको हक हितका लागि लड्दै र खट्दै आएको छ । उनी जेलमा भएका भौतिक अभावलाई पनि टार्ने काममा लागेका छन् । त्यसकै लागि हिडेन लाइफ फाउन्डेसनमार्फत भौतिक पुर्वाधार नभएको ठाउँमा पूर्वधार बनाउने काममा लागिरहेका छन् ।

नराम्रा काम गरे मात्र जेलमा परिन्छ । त्यसको लागि युवाहरुलाई जनचेतना जगाउनु अनिवार्य छ । त्यसको लागि उनीहरु विद्यालय तथा कलेजलाई टार्गेट गर्दै यूवा पुस्तालाई सचेतना जगाउने अभियानमा होमिएको छन् । यस्का लागि संस्थाले संस्थाकै पदाधिकारीहरुलाई कार्य विभाजन समेत गरिसकेको छ । यूवा सचेतनाको कार्यक्रम बोकेर कलेज कलेज पसेर उनीहरुलाई विग्रनबाट बचाउने उनको ईच्छा छ । अभिमुखिकरण तालिम,सचेतनामुलक सन्देश प्रवाह नगरी नहुने भएको संस्थाको ठहर छ । यस्लार्य प्राथमिकतामा राखेर संस्थाले काम गरिरहेको छ । यस्का अलवा डिल्लीबजार, पर्सा, रौतहट लगायतका कारागारमा रहेका कैदी बन्दीहरुलाई आत्मनिर्भरको लागी विभिन्न तालिमहरु छिट्टै संचालन हुदैछ । ता कि जेलबाट बाहिर निस्किए पछि उनीहरु आत्मनिर्भरताको बाटोमा लाग्न सकुन । जीवन गुजरा चलाउनका लागि फेरि अपराधिक कर्ममा नलागुन भन्ने हेतुले मोवाइल मर्मत,इलेक्टिसियन लगायतका तालिम दिदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...