चाकडी चाप्लुसी गर्नमा जिरो,चिफसाब ती दुईको नाम बढुवा हुन बाट किन गिर्यो?



हाम्रो इकोनोमि

चाकडी र चाप्लुसीमा जिरो ब्यबसायिकतामा हिरो ठहरिएका दुइ प्रहरी माथी प्रहरी प्रमुख प्रकाश अर्यालले दुश्मनी साधेका छन। राम, श्याम, हरी सबैको बढुवा हुदा अर्थात् बढुवाको बाढी चल्दा वलराम पौडेल र रविन्द्र शर्मा एसएसपी बाट डिआईजीमा बढुवा गरिनु पर्ने नाम हुन्।तर अर्यालका कारण दुबैलाई लात मारे पछी प्रहरी मुख्यालयमा अर्यालको निन्दा हुन् थालेको छ। पुर्व आईजीपी उपेन्द्कान्त अर्यालको एकल हस्तक्षेपका कारण नेपाल प्रहरीमा वलराम र रविन्द्रले डिआईजी बढुवामा पछाडि पर्नु परेको रहस्य खुलेको छ । उनि भन्दा दुई वर्ष नै पछाडि रहेका ठूले राई र सुरेशबिक्रम शाहको बढुवा भएपछि नक्शालमा आईजीपी एण्ड कम्पनीको खुलेर विरोध भएको छ । अहिलेका प्रहरी प्रमुख प्रकाश उपेन्द्रले जे भन्यो त्यहि गर्दै आएका छन।

त्यति मात्रै होईन डिएसपीबाट एसपी बढुवामा सिफारिस भएका डिएसपी सञ्जिव दाश शर्मा र एसपी सरुवाकालागी धनुषा सिफारिस गरिएकि मीरा चौधरीलाई चौबिस घण्टा बित्न नपाउदै बढुवा तथा सरुवा रद्द गर्ने फरमान जारी भएपछि नेपाल प्रहरीमा चरम राजनितीक हस्तक्षेपको खुलासा समेत भएको छ । सिनियर मान्छे हुदा हुदै जुनीयरलाई बढुवा गर्ने र सलाम गर्न लगाउने परिपाटीको सुरुवात भएको भन्दै आईजीपी अर्यालको खुलेर विरोध हुन् थालेको छ । वलराम अहिले अञ्चल प्रहरी कार्यालय सगरमाथा तथा रविन्द्र संयुक्त राष्ट्संघ मिसन सुडानमा कार्यरत छन । राम्रो छबि भएकालाइ डण्डा लगाएर सिंगो प्रहरीको बदनाम गर्न होमिएका अर्याललाइ यतिबेला कसैले पनि रुचाउन छोडेका छन।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...