बाइपास अतिक्रमण हटाउन सूचना



हाम्रो इकोनोमि

वीरगंज । बाइपास सडकखण्डमा बाटो छेकी राखेका विभिन्न सामानहरु हटाउनको लागि उर्दी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी गरेको हो ।

बाइपास सडकखण्डमा बाटो छेकी राखेका साइड पसल, ट्रक बस मर्मत गर्ने पसल राखी बाटो नै अतिक्रमण गरेकाले यातायातमा असुविधा हुँदा आजदेखि ती अतिक्रमण हटाउन सूचना जारी गरेको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताएका छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिकासँग सहकार्य गरी सो कदम चालेको हो । वाइपास सडकको दायाँबायाँ अतिक्रमण गरी विभिन्न व्यक्तिले पसल राखेकाले सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएकाले प्रहरीले सो तीन दिने सूचना जारी गर्दै तोकिएको समयमा सो अतिक्रमण नहटाए प्रहरी आफैँले अतिक्रमण हटाउने समेत सूचना टाँसी जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत वर्षको तोडफोडलाई मान्यता दिनका लागि...

काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको राष्ट्रपति पौडेलबाट ब्रेक थ्रु

    राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत...

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

    मुलुकको राजस्वमा उल्लेख्य योगदान गर्दै आएको नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट...

सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान

    सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३...