खाना पकाउने ग्यासको मूल्य घट्यो



हाम्रो इकोनोमि

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उहाँले जानकारी दिनुभयो । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन । प्रवक्ता पोखरेलले भन्नुभयो, “अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन ।”

अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहेपनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...