भारतपुर १९ मा २० गते चुनाब हुने



हाम्रो इकोनोमि

भरतपुरमा मंगलबार बसेको सर्वपक्षीय बैठकले २० गते चुनाव गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावको मिति तय गर्न सोमबार मात्र चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार चितवनका मुख्य निर्वाचन अधिकृत न्यौपानलेले मंगलबार सर्वपक्षीय बैठक आह्वान गरेर चुनावको मिति तोकेका हुन् ।

१९ नम्बर वडामा आफूहरुले सोचे जति मत नआएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले त्यहाँ पुनः चुनाव गर्ने निर्णय गरेको थियो ।
फेरी चुनाब गर्ने निर्णयविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेसंगै त्यहाँ २० गते चुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...