मानवीय कानूनसम्बन्धी क्षेत्रीय सम्मेलन भदौमा



काठमाडौँ । अन्तरराष्ट्रिय मानवीय कानूनसम्बन्धी सातौँ दक्षिण एशियाली क्षेत्रीय सम्मेलन आगामी भदौ ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

परराष्ट्र र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपालस्थित रेडक्रसको अन्तरराष्ट्रिय समिति(आइसिआरसी) द्वारा आयोजना हुने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)मा आबद्ध देशसहित इरानको पनि सहभागिता रहनेछ ।

यसअघि सन् २००९ मा पहिलो र सन् २०१४ मा दोस्रो सम्मेलन काठमाडौँमा सम्पन्न भएका थिए । आइसिआरसीका सञ्चार विभाग प्रमुख कृष्णचन्द्र चालिसेका अनुसार सम्मेलनमा सहभागी देशका बीचमा अन्तराष्ट्रिय मानवीय कानूनसित सम्बन्धित विभिन्न विषयमा छलफल हुने छ ।

साथै सशस्त्र द्वन्द्वमा सांस्कृतिक सम्पदाको संरक्षण महासन्धि १९५४, अन्तरराष्ट्रिय मानवीय कानून कार्यान्वयनमा आइपर्ने चुनौती, प्राकृतिक प्रकोपका समयमा सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा निकायको भूमिकालगायत विषयमा पनि सहभागी देशका उच्च सरकारी अधिकृतका बीचमा अनुभवको आदानप्रदान हुनेछ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्प र परकम्पले क्षति पु¥याएका काठमाडौँ उपत्यकाभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माणमा भएका कामका बारेमा सहभागीले स्थलगत अवलोकनसमेत गर्ने चालिसेले जानकारी दिनुभयो ।

सशस्त्र द्वन्द्वमा सांस्कृतिक सम्पदाको संरक्षण महासन्धि १९५४ को नेपालले अनुमोदन गरेको छैन । सम्मेलनका तयारीका बारेमा हालै उपप्रधानमन्त्री कृष्णबहादुर महरासित आइसिआरसीका नेपाल प्रमुख आन्द्रे पक्वेटले भेटघाटसमेत गर्नुभएको थियो । अन्तरराष्ट्रिय मानवीय कानून कार्यान्वयन गर्न कानून मन्त्रालयका सचिवको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिव संलग्न समिति गठन भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्