विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गरौ  : प्रचण्ड



जनकपुरधाम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताउएका छन् ।

प्रेस सेन्टर नेपाल धनुषाद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्नेमा जोड दिदै मधेसको मागलाई सम्बोधनका गर्न अघि सारिएको संविधान संशोधन विधेयकलाई पारित गराउन प्रयास जारी रहेको पूर्वप्रधानमन्त्री दाहालले बताएका छन् ।

दुई नं प्रदेशको मुख्य केन्द्र जनकपुरधामलाई महानगरपालिका घोषणा गरी विकासका योजना कार्यान्वयनका लागि आफ्नो दलले पहल गरिरहेको जानकारी पनि दिदै उनले एक मधेस, एक प्रदेशको माग आफ्नो दलको लाइन नभएको स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस
एमालेले माग्यो कोशीमा मुख्यमन्त्रीको राजीनामा

    काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार

प्याकेजमै सहमति गर्ने गठबन्धनको तयारी

    गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

जस्तो फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए

म नमर्दासम्म उथलपुथल भइराख्छ : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादी शक्तिहरुले धेरै पटक घेरा हालेर