झुटो आरोप लाउदै घर निकाला



हाम्रो इकोनोमि

काठमाडौँ। एक महिलाले आफ्नै परिवारका मानिसले आफूलाई झुटो आरोप लगाई लछारपछार गरी घरबाट निकालिदिएको आरोप लगाएकी छिन् ।

स्थानीय स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि विदेशमा रहेका बेला विमलामाथि झुटा आरोप लगाई लछारपछार गरी सात जनाको समूहले आठवर्षीय छोरा दिवेशसहित घर निकाला गरिदिएको उनका आफन्तले बताएका छन् ।

पीडितकी माइजू सुशीला थापाले मंगलबार पत्रकार सम्मेलन गरी निर्दोष महिलालाई विनाप्रमाण घरबाट निकालिएकोले दोषीलाई तत्काल कारबाही गरी पीडितलाई बस्ने वातावरण बनाउन आग्रह गरेकी छिन् । उनले निर्दोष महिलालाई साँझमा घरबाट निकाल्नु न्यायोचित नभएको बताएका छन् ।

सुशीलाले तीन हप्तादेखि बच्चा विद्यालय जान नपाएको भन्दै तत्काल उसलाई पढ्न पाउने अधिकार मिलाउन समेत आग्रह गरिन । पीडितले आफूलाई सहज रुपमा बस्ने वातावरण मिलाउन माग गर्दै प्रहरीसमक्ष उजुरीसमेत दिएकी छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले घरमा बस्ने वातावरण मिलाउन आफूहरु लागिपरेको बताउदै घरमा बस्ने वातावरण नमिलाइए मुद्दा अदालत पठाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...