जिसस प्रमुखमा एमालेलाई चिठ्ठा



हाम्रो इकोनोमि

म्याग्दी । जिल्ला समन्वय समिति बनाउनका लागि मत बराबर भएपछि जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई चिठ्ठा परेको छ । कांग्रेस र एमालेबीच प्रमुखसहित चार सदस्य र उपप्रमुख सहित पाँच सदस्य पाउने लिखित सहमतिपछि सञ्चारकर्मीको रोहोवरमा गोला गरिएको थियो ।

यसो गरिएपछि मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सर्वसम्मत मनोनयन दर्ता हुने भएको छ । एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा देवेन्द्रबहादुर केसीले र महिला सदस्यमा बोमायाँ गर्वुजाले मनोनयन दर्ता गर्ने भएका छन । बाँकी दुई सदस्यमा एमालेको कोटाबाट राप्रपाबाट सुकमायाँ छन्त्याल र हरिबहादुर शाक्यले मनोनयन गर्ने भएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा लोकबहादुर मल्लले मनोनयन दर्ता गर्ने भएका छन् । प्रमुखका दावेदार मल्ल चिठ्ठा नपरेपछि उपप्रमुखमा ओर्लेका हुन् । त्यसैगरी सदस्यहरुमा रामदेवी पुन, खिमाकुमारी पुर्जा, मिकबहादुर गर्वुजाले मनोनयन गर्दै छन् । कांग्रेस कोटाबाट माओवादी केन्द्रका शेरबहादुर कसीले पनि सदस्यमा मनोनयन गर्ने तयारीमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...