ब्यानर्जीलाइ कारबाही गर्न राज्यसभाका सांसदले गरे जोडदार माग,ममता भने अझै दमन गर्न प्रसाशनलाइ उर्दी गर्दै



हाम्रो इकोनोमि

नेशनल कंग्रेस पार्टी एनसीपी का राज्यसभा सांसद मजिद मेमन राज्य सभाको बैठकको जिरो आवरमा गोर्खाल्याण्डको माग राख्दै गरिएको गणतान्त्रिक आन्दोलनमा दमन गरेको भन्दै त्यसो खुलेर बिरोध गरेका छन। राज्य सरकारले दमनको निती लिएको भन्दै उनले त्यस्तो दमन रोक्नु पर्ने जोडदार माग समेत राखेका छन। पश्चिम बङ्गाल सरकारले ज्यादती मच्चाउदा त्यहाँको जनजीवन अस्त ब्यस्त बनेको उनको भनाइ थियो। केन्द्रिय गृहमन्त्रीलाइ पहाडको स्थिती लाइ सामान्य बनाउन के के पहल हुदैछ भनेर मेमनले प्रश्न समेत गरेका थिए। गोर्खाल्याण्ड आन्दोलनकै बिषयमा आज मेमनले गृहमन्त्री लाइ भेटेर चाडो माग सम्बोधन गर्न पहल थाल्नु पर्ने भन्दै दबाब दिने भएका छन। गोर्खाल्याण्ड आन्दोलन दबाउन जसरि राज्य सरकार मानबअधिकारको हुर्मत लिदै छ त्यसले संबिधान बिपरितको कार्य गरेको भन्दै त्यहाँकी मुख्य मन्त्री ममता ब्यनार्जीलाइ कारबाही गर्न समेत ती सांसदले माग गरेका छन।

यता ममता भने गोर्खाल्याण्डको माग गर्ने राष्ट्रबादी गोर्खा हरुलाई दमन गर्न सक्रिय हुन् थालेकी छिन। आन्दोलन संग डराएर सधै बस्ने गरेको ठाउँ नै परिवर्तन गरेकी उनले आन्दोलन दबाउन प्रसाशनलाइ उर्दी जारी गरेकी हुन्। पहाड पठाईएका पुलिसका अधिकारीलाइ आज बोलाएर ममताले दमन गर्न भनेकी हुन्। सोनापुरमा रहेकी उनले गोर्खाल्याण्ड आन्दोलन दबाएरै छोड्ने बताएकी उनले आगामी पंचायतको चुनाबलाइ लिएर पनि आन्दोलन दबाउनु पर्ने पक्षमा छिन। राज्यमा आउदो बर्ष त्रिस्तरिय पंचायत चुनाब हुदैछ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...