एक श्रेष्ठलाइ काखी च्यापेका प्रधानमन्त्रीले अर्कालाइ किन लात मारे ?



महान्याधिवक्ताले राजिनामा दिन्छु भन्दा रोकेका प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भने राजिनामा गर्न दबाब दिए पछी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा योजना आयोगको उपध्यक्षमा नियुक्त भएका श्रेष्ठले नयाँ सरकार गठन भएको झण्डै दुई महिना पछि पदबाट राजीनामा दिएका हुन् ।महान्याधिवक्ता रमण कुमार श्रेष्ठ पनि प्रचण्डले नै नियुक्त गरेका हुन्।

योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए ।

उपाध्यक्ष श्रेष्ठले योजना आयोगका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । श्रेष्ठले आज (मंगलबार)देखि लागू हुनेगरी राजीनामा दिएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष सरकारले नियुक्त गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार सरकार परिवर्तन भएसँगै योजना आयोगका उपाध्यक्ष पनि परिवर्तन भइरहन्छन् । देउवाले उपाध्यक्षमा स्वर्णिम वाग्ले लाइ नियुक्त गर्दैछन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय