व्यापार घाटा घटाउन सरकारले उत्पादन वृद्धिमा जोड दिने



काठमाडौं । सरकारले बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिने भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटालाई कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिइएको बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कृषि, ऊर्जा र उद्योग क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएर मुलुकको आन्तरिक उत्पादन बढाउन आफूले सम्वद्ध निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए ।

अर्थमन्त्री कार्कीले आर्थिक वृद्धिदर बढ्दै जाने प्रशस्त आधारहरु तयार भएको दावी पनि गरे । उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाउने जस्ता कामलाई उच्च प्राथमिकता दिएर आर्थिक वृद्धिदर बढाउन सकिने कार्ययोजना पनि बताए ।

सरकारले चालू आर्थिक वर्षमा ७.२ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । गत वर्ष ६.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । अर्थमन्त्री कार्कीले लगानी भित्र्याउने गरी आवश्यक नीतिगत निर्णय पनि सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

राष्ट्रिय युवा संघले तोक्यो प्रदेश इन्चार्ज

    नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

माधव र विप्लवसँग पार्टी एकता गर्ने प्रचण्डको संकेत

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा