केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्छु: कृषिमन्त्री यादव



हाम्रो इकोनोमि

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कृषिमन्त्री रामकृष्ण यादवले आफूले केही दिनभित्रै कृषिसम्बन्धी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताउका छन् ।

मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखी बनाउनको लागि आफूले केही दिनभित्रै नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘कृषि क्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, त्यसैले यो क्षेत्रलाई सवल र उत्पादनमुखी बनाउनको लागि मैले छिट्टै अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति तथा योजनाहरु सार्वजनिक गर्दैछु ‘म पनि किसानको छोरा हुँ,।

साक्षात्कारमा बोल्दै उनले नेपाल कृषि प्रधान देश भएकोले कृषिको व्यवस्थापन गर्नु ठूलो दायित्व भएको बताए । उनले भने,‘म पनि किसानको छोरा हुँ, किसानका समस्याहरु मलाई पनि राम्रोसँग थाहा छ, किसानलाई मल खाद्य उपलब्ध गराउनेछु।’ उनले कृषि मन्त्रालयमा विद्धान, वैज्ञानिक तथा विज्ञहरुको उपस्थिति राम्रो भएकोले हामी किसानमुखी योजनाहरु अघि सार्ने विश्वास दिलाए ।

मन्त्री यादवले किसानलाई तत्काल राहत पुग्नेगरि आफूले कार्यक्रम ल्याउने स्पष्ट समेत पारे । उनले तराई मद्देशको विभिन्न जिल्लाहरुमा ५० प्रतिशतमात्रै खेती भएकोले अब यसलाई बढाउनको लागि आफूले सिँचाई लगायत अन्य कुराहरुमा समेत विशेष ध्यान दिने जनाए । उनले आफ्नो कार्यकालमा किसानहरुले परिवर्तनको अनुभुति पाउने विश्वास दिलाए ।

 

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...