प्रधानमन्त्री भारत जानु अघि चीनका उपप्रधानमन्त्री नेपाल आउने



प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु भन्दा पहिले चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन।

नेपालका लागि चिनिया राजदूत यू होङले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आइतवार भेटेर उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरिय प्रतिनिधिमण्डलले साउन ३० गते नेपाल भ्रमण गर्न लागेको जानकारी गराएकी हुन ।

६२ बर्षीय याङले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भदौमा भारत भ्रमणमा जाने गरी दुवै मुलुकमा तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम