जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने माओवादी र काँग्रेसको सहमति



हाम्रो इकोनोमि

प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेसले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ । यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुवै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो ।

बैठकमा काँग्रेस नेताहरु निधि, डा रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...