जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने माओवादी र काँग्रेसको सहमति



प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेसले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ । यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुवै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो ।

बैठकमा काँग्रेस नेताहरु निधि, डा रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
एमाले बागमती अघिवेशन : एक हजार ८० जना प्रतिनिधि हुने

    नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा आवासको ब्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने

ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने संकेत, उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी

    नेकपा एमालेले बागमति प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेललाई संस्थागत रुपमा अघि

एमाले बागमती उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी

    नेकपा एमालेले बागमती प्रदेशको असोज ८ र ९ गते पहिलो अधिवेशन

शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको