भौतिक आक्रमण गरेरै भएपनि परिक्षा रोक्छौं



ज्योतिनारायण ढकाल
उपाध्यक्ष, अस्थायी शिक्षक संघर्ष समिति

शिक्षा मन्त्रालयसँग भएको चारबुँदे सहमति तुहियो भन्न मिल्छ ?

तुहियो भन्न त अझै मिल्दैन । अझै पनि सहमति कार्यान्वयनका लागि पहल भइरहेको छ । आमरण अनसनपछि शिक्षामन्त्रालयसँग चारबुँदे सहमति भएको थियो । जस अनुसार माग सम्बोधन गर्नका लागि एउटा कार्यदल समेत गठन भएको थियो । ऐन संशोधनका लागि पनि छलफल अगाडि बढेको थियो । तर कार्यदलले प्रभावकारी रुपमा काम गरेन । ढिला सुस्ती र हेल्चेक्राइँ बढी भयो । शिक्षामन्त्रीले आयोगका अध्यक्षलाई बोलाएरै परीक्षा सार्नका लागि अनुरोध पनि गर्नु भएको हो । शिक्षामन्त्री हाम्रा माग सम्बोधनप्रति सकारात्मक हुँदाहुँदै पनि शिक्षक सेवा आयोग, शिक्षक महासंघको असहयोगका कारण सहमति कार्यान्वयन नहुने सम्भावना भने बढ्यो भन्न सकिन्छ ।

सहमति कार्यान्वयन हुन नदिनका लागि शिक्षक महासंघ नै लाग्यो भन्न खोज्नु भएको हो ?

महासंघमा पनि राम्रो व्यक्तिहरु हुनुहुन्छ । जो हामीलाई निरन्तर समर्थन गरिरहनु भएको छ । हरेक पटक साथ पनि दिइरहनु भएको छ । तर, महासंघभित्र केही व्यक्तिहरु हुनुहुन्छ । जो हाम्रा माग पूरा भएको हेर्न चाहनुहुन्न । उहाँहरु हाम्रा विरुद्धमा लाग्नु भएको छ । हामी विरुद्ध लविङ नै गर्नु भएको छ । यदि अबका दिनमा महासंघबाट पूर्ण समर्थन नआए हामी महासंघकै विरुद्धमा पनि आन्दोलन गर्न बाध्य हुनुपर्छ ।

सहमति कार्यान्वयन नभइसकेपछि अबको कार्यक्रम के हुन्छ ?

पुनः आन्दोलनमा जानुको विकल्प हामीसँग छैन । त्यसैले साउन १८ गतेदेखि पुनः राजधानीको भद्रकालीमा आमरण अनसन बस्ने कार्यक्रम छ । त्यसका लागि मेचीदेखि महाकालीसम्मबाट शिक्षकहरु राजधानी आउने क्रम सुरु भइसकेको छ । हामी हरेक पटक आन्दोनल गरिरहने पक्षमा छैनौ । अबको आन्दोलन निर्णायक बनाउनका लागि हामी लागेका छौ । अबको हाम्रो आन्दोलन अराजक पनि हुन सक्छ । हामी विरुद्ध लाग्नेलाई कालोमोसो दल्ने, पुत्ला दहन गर्नेसम्मका कार्यक्रम गर्न बाध्य हुनेछौ ।

विगतमा पनि सहमति भएकै हो । सहमति अनुसार काम पनि भइरहेको छ । आन्दोलन गर्नका लागि हतारको निर्णय गरे जस्तो लाग्दैन ?

सहमति कार्यान्वयन गर्नका लागि सरकारले ढिला सुस्ती गरेको देखिन्छ । कार्यदलले १५ दिनमा सकाउने काम थप १० दिन थप गर्दा समेत गर्न सकेको छैन् । उहाँहरुले सहमति कार्यान्वयन गर्नका लागि चासो देखाएको देखिन्न । हामीले हतारको निर्णय गरेका होइनौ । १६ गतेसम्म समय दिएका पनि छौ । फेरि परीक्षा पनि नजिक आइरहेको छ । यस्तो अवस्थामा हामी कडा रुपमा आन्दोलनमा जानुको विकल्प छैन् ।

अबको आन्दोलन कस्तो खालको हुन्छ र माग के के छन् ?

हामीहरुको माग ऐन संशोधन भएर सबै शिक्षकलाई समान रुपमा परीक्षामा सहभागी हुनुपर्छ, परीक्षामा ४० अंक ल्याउनेलाई स्वतः स्थायी गर्नुपर्छ, परीक्षामा असफल हुनेलाई सेवा सुविधा दिएर बिदाइ गर्नुपर्छ भन्ने हो । त्यसमाथि औषधी उपचार खर्च, स्थायी सरह सेवा सुविधा पाउनु पर्छ भन्दै आएका छौ । यी मागहरु पूरा हुनुपर्छ । यी माग पूरा नहुँदासम्म हाम्रो आन्दोनल चलिरहन्छ । अब हामी कागजमा सहमति मात्रै गरेर छाड्दैनौ । परीक्षा स्थगित गरेको सूचना आउनु पर्छ, र ऐन संशोधनको प्रक्रियामा नजाँदासम्म हाम्रो आन्दोलन चलिरहन्छ ।

तपाईहरु आन्दोलन गरिरहने, तर परीक्षा भदौ ३ गते नै भयो भने आन्दोलनको अर्थ त रहेन नि होइन ?

पक्कै पनि । अहिले हामीले राखेको माग के हो भने परीक्षा कुनै पनि हालतमा ऐन संशोधन नभइ गर्नै हुन्न । अहिलेकै अवस्थामा परीक्षा भयो भने अस्थायी शिक्षकहरु माथि अन्याय हुन्छ भनेर बारम्बार भन्दै आएका छौ । अहिलेको प्रक्रियामा जाने हो भने १० प्रतिशत शिक्षक पनि स्थायी हुन पाउँदैनन् । यस्तो अवस्थामा हामी ऐन संशोधन गरी सबै अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न खोजेका हौ । यदि आयोगले हाम्रो माग नसुनी भदौ ३ गते नै परीक्षा गर्न खोज्छ भने हामी भौतिक आक्रमणमा उत्रेर भए पनि परीक्षा हुन दिँदैनौ ।

प्रतिक्रिया दिनुहोस
नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दिल्ली जाने तयारीमा

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी

बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा

  बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश