पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चुन्दै



हाम्रो इकोनोमि

पाकिस्तानको संसदले आज नयाँ राष्ट्रप्रमुख चुन्दैछ । नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले बर्खास्त गरेपछि शुक्रवारदेखि रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज चुनाव हुँदैछ ।

बर्खास्तीमा परेका सरिफका भाई साहिद खवान अब्बासी अबको कार्यकारी प्रधानमन्त्री बन्ने पक्का छ । राष्ट्रपति ममनुन हुसेनले बोलाएको विशेष सत्रबाट अब्बासी प्रधानमन्त्री बन्ने पक्का भएको रोयटर्सले जनाएको छ ।

पाकिस्तानको ३ सय ४२ सदस्य रहेको संसदमा सरिफको पाकिस्तान मुस्लिक लिग–नवाजले १८८ सिटको बहुमत ओगटेर बसेको जसले अब्बासीलाई प्रधानमन्त्री बन्न सघाउनेछ ।

आइतवार मात्रै पनि अब्बासीले आफ्ना दाजु सरिफको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...