अबका चुनावमा पनि एमाले पहिलो बन्छ: नेता खनाल



नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताउनुभएको छ ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता खनालले समाजवादतर्फ उन्मुख संविधान निर्माण तथा संविधान कार्यान्वयनका क्रममा एमालेले देखाएको दृढताले गर्दा जनताले पार्टीको सही मूल्याङ्कन गर्ने बताउनुभयो ।

जनताको लामो संघर्षपछि मुलुकमा प्राप्त भएको लोकतन्त्र र संविधानसभाबाट बनेको संविधान अग्रगामी रहेको बताउँदै उहाँले मुलुकमा कानुनी राज्य र विधिको शासन कायम गर्न प्रगतिशील कानुन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले ऋषिमुनीको तपोभूमि र शान्ति भूमि नेपाल विश्व संस्कृतिको उद्भवस्थल रहेको बताउँदै हाम्रा प्राचीन मूल्य मान्यता तथा सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्ने औँल्याउनुभयो ।

एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले नेपाली संस्कृतिमा रहेका विभिन्न परम्पराले प्रकृतिसँग हाम्रो सम्बन्धलाई आत्मसात् गर्न विशेष महत्व राखेको बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष रुद्र नेपालले पेशागत कानुन व्यवसायीको हक हित तथा अधिकारलाई संरक्षण गर्न आफ्नो संस्था क्रियाशील रहेको उल्ल्ेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

      राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न

    यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २

एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको