बावु हराउने युवालाई युवा संघको सम्मान



हाम्रो इकोनोमि

युवा संघ सिन्धुपाल्चोकले स्थानीय निर्बाचनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै युवा संघ जिल्ला कोषाध्यक्ष सुरेन बिक्रम योन्जनलाई सम्मान गरेको छ । गत शनिबार आयोजित एक कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले खादा तथा कदर पत्र प्रदानले सम्मान गर्नुभएको हो । युवालाई सम्मान गर्दै नेपालले योन्जन जस्तो युवा पार्टीमा हुँदा सवैको भलो हुने वताउनुभयो ।

निर्बाचनको बेला योन्जन एमालेको प्रचार प्रसारमा जिल्ला भर पुगेका थिए । आफ्नो वावु नेपाली कांग्रेसको तर्फ बाट जुगल गाउँपालिका प्रमुखको उम्मेदवार हुँदा योञ्जन भने एमालेको प्रचारमा तीव्र रुपमा लागेका थिए । आफ्नो वावुलाई सहयोग नगरी एमालेमा लागेका योञ्जनले निर्वाचनमा युवा परिचालनमा बिशेष भूमिका खेलेको युवा संघ सिन्धुपाल्चोकले जनाएको छ । साथीहरुले बुवालाई खुलेर सहयोग गर्न सुझाएका तर आफुले त्यसको प्रतिवाद गरेको योञ्जनले वताए । नाता भन्दा नीति माथि भन्ने महान योजनाका साथ एमाले जिताउन लाग्दा पार्टीले पनि सम्मान गरेको उनको प्रतिकृया छ । बिकासको योजनामा एमाले संग मात्रै भएको वुझेर यो पार्टीमा लागेको वताउने योञ्जन वावुको बिरुद्ध जनमत जुटाउँदै हिँडेको वताउँछन् । कांग्रेसको समर्थन गरेर समय र भबिष्य बर्बाद हुने निश्चित भएपछि एमालेमा लागेको उनको तर्क छ । त्यसोत जुगल गाउँपालिकामा उनको बुवा जयबहादुर तामाङलाई पराजित गर्दै एमालेका होमनारायण श्रेष्ठ बिजयी हुनु भएको छ । समग्र युवाहरुको भूमिका सम्मानयोग्य भएपनि सुरेनको बिषेश योगदान भएका कारण उनलाई प्रशंशापत्र सहित सम्मान गरिएको युवा संघ जिल्ला अध्यक्ष राजकुमार सुवेदीले वताए ।

नेपाली कांग्रेस को ठुलै नेताबाट आफुलाई चरी जस्तै बनाई दिने धम्की आएको बताउँदै योञ्जनले छातिमा एक मुठी सास रहुन्जेल एमालेको पक्षमा लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।

युवा संघ र पार्टीमा अन्तर्घात गर्नेहरुलाई पार्टिले तुरुन्तै कार्बाही गर्नु पर्ने उनको तर्क छ । आफ्नै बाउको बिपक्षमा उभिएर पार्टी र सिद्धान्त लाई जिताएको वताउने सुरेनले स्वार्थका लागि पार्टीमा लाग्नेहरुलाई पेलेर जान नेतृत्वलाई आग्रह गरे ।

उक्त कार्यक्रमा युवा संघ जिल्ला कमिटिले जिल्ला भरका एमाले बाट निर्बाचित भएका जनप्रतिनिधिहरु सबैलाई सम्मान पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...