बहिस्करणमा पर्यौ मित्र विजय, तिमी छाडियौ !



हाम्रो इकोनोमि

रैथाने एकता परिषद् गठनताकाको सहयात्रा अझै ताजै छ मित्र विजय थापा । उदयपुरको कटारी घर वताउने तिमीलाइ सिरहा जेलबाट निस्किय पछि पत्रकार समेत रहेका सन्तोष बराइली दाइले विजय भाइ अब सुध्रिन्छ भनेर हामीसगँ सल्लाहा गरेर परिषद्का आन्दोलनहरूमा सहभागी गराउनु भएको ।

मित्र सयोंजक सन्तोष बराइलीको अवधारणमा गरिएका आन्दोलनहरूमा तिमी मात्र सहभागी थिएनौ, हामी सयौँ आन्दोलनमा सहभागी थियौँ । तर तिमीले आफ्नो फेसवुक पेजलाई रैथानेमय बनाएर आफुलाई रैथाने परिषद्को ठुलै नेता भएको भ्रम सिर्जना गर्न खोेज्यौ । तर तिमी हामी आन्दोलनको मोर्चाको मात्र नेता थियौँ , रैथाने एकता परिषद्को कोर टिमको नेता थिएँनौ । त्यो तिमीलाईनै पनि थाहा थियो ।

तिमिदेखी हामी उतिवेलै देखि सतर्क थियौँ, जतिवेला तिमी रैथानेले स्थानिय निकायको चुनावको माग गर्दै मधेशी मोर्चाका नेताहरूको पुत्ला दहन कार्यक्रम सकिन नपाउँदै भाग्यौ – मोर्चाका कार्यकर्ता सगँ डराएर । त्यो तिम्रो कायरता थियो ।
अर्को तिमिलाई त रैथाने परिषद्ले उतिवेलै कार्वाही गर्नुपर्थ्यो , जुन दिन तिमीले सार्वाजानिकनै गर्न वाँकी रहेको रैथाने एकता परिषद्को प्रस्तावित राजनीतिक प्रतिवेदन फेसबुकबाट सार्वजानिक गर्यौ ।

भर्खर फेसबुक चलाउन सिकेका तिमीले यसलाई ठुलै मिडिया सम्झेजस्तो लाग्यो । यो तिम्रो अर्को ठुलो भ्रम थियो।
तिमी त कति सम्म अबुझ रहेछौ मित्र आफ्नो सगंठनले तय गरेका उदेश्यहरू समेतलाइ ध्यान दिदा रहेनछौ । रैथाने एकता परिषदको मुख्य उदेश्य भनेको मुलुकका सम्पुर्ण रैथाने नागरिकहरूलाई राजनीतिमा स्थापित गर्न नवनागरिकहरूलाई राजनिती रूपमा निस्तेज वनाउँदै आन्दोलन गर्ने । तर तिमिले नेपाल आयल निगममा भएको भनिएको भ्रष्टचार विरूद् भन्दै द्दरद्ध जना जम्मा गरेर आन्दोलन पो गर्न थाल्यौ । जुन रैथानेको उदेश्य भित्र पर्दैन ।

फेरि तिमी त आयल निगममा दले पेशा पनि गर्थ्यौ । हामीले फेला पारेको एउटा भिडियोमा त तिमी निर्लज्ज भएर सेवाग्राहीसगँ रकम असुलीरहेको अवस्थामा देखिन्छौ ।

तिमी कसैबाट परिचालित छौ मित्र । तिम्रो विगत खोतल्दै जाँदा के छर्लगं बुझिन्छ भने मित्र तिमी पहिल्यै देखि यसै गरि परिचालित हुँदै आएका रहेछौ । तिमीसगँ सिन्धुलीमा हुन गइरहेको परिषद्को केन्द्रीय समितिको आकास्मित बैठकमा पक्कै भेट हुने छ ।

–मनिष चौधरी
केन्द्रीय सदस्य , रैथाने एकता परिषद्

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...