मोटरसाइकलको ठक्करबाट कांग्रेस नेताको मृत्यु



हाम्रो इकोनोमि

कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्लास्तरीय नेताको मृत्यु भएको छ ।

धनगढीबाट हसुलिया फर्कँदै गर्नुभएका ४५ वर्षीय राजेश चौधरीले चलाइरहेको से १ प ६०० नंको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल लड्न पुग्दा राजेश घाइते भएकामा उपचारका लागि भारत लैजाने क्रममा गए राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभएको छ ।

ठक्करबाट घाइते भएकी साइकल चालक सम्झनाको अवस्था सामान्य रहेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...