भरतपुर मतगणना प्रकरण विवादकाे फैसला अाज अाउने संभावना



भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतले जारी गरेको दैनिक कार्यसूची अनुसार, न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा उक्त रिट निवदेनमाथिको जवाफी बहस हुने छ।यसअघि रिट निवेदनको विपक्षमा महान्यायाधीवक्त र निर्वाचन आयोगका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले बहस गरिसकेको अवस्थामा सम्भवत् आज रिट निवेदकको पक्षबाट वकिलहरुले जवाफी वहस गर्ने छन्।

त्यसपछि उक्त मुद्दाको अन्तिम फैसला अदालतले गर्ने छ।त्यसपछि स्थगित भएको मतगणनाको स्थलगत प्रतिवेदन र स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दफा ५० बमोजिम निर्वाचन आयोगले उक्त वडाको मतगणना रद्द गर्दै पुनःनिर्वाचनको निर्देशन दिएको थियो।

आयोगको उक्त निर्देशनको विरोध गर्दै एमालेका तर्फबाट सदस्य पदका उम्मेदवार गुञ्जमान विकसहित २ जनाले आयोगको निर्देशन खारेजीको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।जसलाई न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले कार्यान्वयन नगर्न नगराउन भन्दै थप सुनुवाइको प्रक्रियामा अघि बढाएको थियो।

महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर वडा नम्बर १९ को मतगणना पनि अन्तिम अवस्थामा पुगेका बेला १४ जेठ राति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

भरतपुर– १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय सदर गर्ने वा रोकिएको मतगणना पुनः सुचारु गर्ने भन्नेबारेमा सम्भवतः आजै सर्वोच्चले फैसला गर्नेछ

प्रतिक्रिया दिनुहोस
देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम जानकी मन्दिरमा

    राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेट

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका