अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा जोड



हाम्रो इकोनोमि

मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।

नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज आयोजित कार्यक्रममा संघका पदाधिकारीले उहाँलाई सम्मान गरेका हुन् । संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जीतेन्द्रबहादुर चन्दलगायत पदाधिकारीले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकाल भलिबल खेलका लागि स्वर्णिम भएको बताउँदै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभाव राख्न सकेन । त्यसको विकल्प के हुन सक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौंँ ।”

भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

भेटमा संघका पदाधिकारील अध्यक्ष दाहाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा पूर्वखेलकुदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...