एमालेले टुंगो लगायो जिल्ला समन्वय परिषदका प्रमुख र उपप्रमुखका उम्मेदवार



हाम्रो इकोनोमि

एमाले स्थायी समितिको आइतवार बसेको बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश संगठन कमिटीको सिफारिस तथा रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी घोषणा गरेको छ ।

रामेछापमा प्रमुख प्रेमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन, रसुवामा प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुरमा प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भक्तपुरमा प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर रहेका छन् ।

यसैगरी डोल्पामा प्रमुख शेरबहादुर बुढा, सल्यानमा उपप्रमुख कुलबहादुर गिरी, कालिकोटमा प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, जाजरकोटमा प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, हुम्लामा उपप्रमुख खगेन्द्र कार्की, सुर्खेतमा प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल रहेका छन् ।

मुगुमा प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल, खोटाङमा प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलाममा प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, बझाङमा प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी रहेका छन् ।

काभ्रेको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नंम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ ।
थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक भोलि साउन १६ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...