एकताबद्ध भएर क्रियाशील बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घ र प्रदेशको आसन्न निर्वाचनका लागि एकताबद्ध भएर क्रियाशील बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग शनिबार आयोजित छलफल एवं अन्तरक्रियामा उहाँले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि आसन्न प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक भएको बताउनुभयो ।

नेकपा ९एमाले०को सर्वसत्तावादी चरित्र लोकतन्त्रका लागि घातक हुने बताउँदै उहाँले लोकतन्त्र खतरामा पर्नुले राष्ट्र नै खतरामा पर्ने जिकिर गर्नुभयो ।

पार्टीमा धेरै संकट देखिएको बताउँदै उहाँले प्रत्येक नेता तथा कार्यकर्तामा मैलेभन्दा पनि पार्टीले जित्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्र्ने उल्लेख गर्नुभयो ।

सामाजिक विकासका साथै जनसरोकारका विषयलाई बोकेर आमजनताको भावनालाई जित्नका लागि क्रियाशील बन्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, जिल्लाका पूर्व सभापति सोभियतबहादुर अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, देवराज चालिसे, गंगाधर पराजुली, शिरोमणि बराल, लक्ष्मी पाण्डे, माया बराल, नीलकण्ठ शर्मालगायतले स्थानीय तहको निर्वाचनमा भोगेको पराजयलाई आत्मसात् गरी आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै आ–आफ्ना ठाउँबाट जुट्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...