भूकम्पपीडितलाई चार करोड अनुदान वितरण



हाम्रो इकोनोमि

म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ ।

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो ।

आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई रु ५० हजारका दरले रु चार करोड २२ लाख ५० हजार वितरण गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो ।

आठसय ६८ घर पूर्ण क्षति भएको तथ्यांक भए पनि वडा कार्यालयमा निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेर सिफारिस भई आएकाको मात्र बैंक खातामा रकम जम्मा गरिएको सूचना अधिकृत भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा भूकम्पपीडितको सूचीमा नाम छुटेकाको वडा कार्यालयमार्फत गुनासो संकलन गरी प्रमाणित गर्न दोस्रो चरणमा स्थलगत सर्वेक्षणका लागि प्राविधिक टोली खटाइने भएको छ ।

गत वैशाख १२ गतेअघि नै कम प्रभावित जिल्लाका भूकम्पपीडितको खातामा पनि पहिलो किस्ताबापतको रकम जम्मा गर्ने राष्ट्रिय पुनःनिर्माण कोषको लक्ष्य रहे पनि अनुदान सम्झौता समयमै नहुनु र स्थानीय तहको चुनावका कारण ढिलाइ भएको हो ।

लाभग्राहीसँग गरिएको सम्झौताका आधारमा जिल्ला समन्वय समितिको सिफारिसमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पीडितको बैंक खातामा चार चरणमा रु तीन लाख जम्मा गर्ने व्यवस्था छ । दोस्रो, तेस्रो र चौथो किस्ता पाउन लाभग्राहीले सरकारले तोकेको मापदण्डअनुसारको भवन निर्माण र प्रक्रिया पु¥याउनुपर्ने छ ।

जग हालेपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार, छाना छाउनुअघि तेस्रो किस्ताबापत रु ७५ हजार र शौचालय तथा वैकल्पिक ऊर्जाको व्यवस्थाका लागि रु २५ हजार अन्तिम किस्ता उपलब्ध गराइने व्यवस्था छ । आवास पुनःनिर्माण गरिसकेका भूकम्पपीडितले अनुदान पाउन भवन तोकिएको मापदण्डअनुसारको भएको प्राविधिकबाट प्रमाणित र सिफारिस गराउनुपर्नेछ ।

अनुदान रकम पाएपछि चर्किएको, भत्किएको घर मर्मत गरेर बस्दै आएका भूकम्पपीडितले निजी आवास पुनःनिर्माणको तयारी गरेका छन् । अनुदान वितरण प्रक्रियामा ढिलाइ भएपछि कतिपयले आफ्नै तरिकाले घर पुनःनिर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...